काठमाडौं, ८ बैशाख । एमाले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच संवादहीनता तोडिएको छ ।
ओली र नेपालबीच बुधबार साँझ भेट भएको हो । नेता नेपाल निकट स्रोतका अनुसार सचिव योगेश भट्टराईले प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई भेटेपछि आकस्मिक रूपमा भेट गर्ने कार्यक्रम तय भएको हो ।
दुवै नेताबीच पार्टीभित्रको जारी विवादबारे छलफल भएको स्रोतले जानकारी दिएको छ ।
नागपोखरीस्थित होटल मारियटमा ओली र नेपालबीच बार्ता सुरु भएको र सो बार्तामा अर्थमन्त्री बिष्णु पौडेलसमेत सहभागी हुनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्