ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शीर्ष तहमा संवादहीनता तोडिएसँगै एमालेमा सकारात्मक सन्देश


एबीसी / संवाददाता
८ बैशाख २०७८, बुधबार   ९ : ५१   बजे

काठमाडौं, ८ बैशाख । सत्तारुढ नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच लामो समयको संवादहीनता तोडिएसँगै राजनीतिक वृत्तमा सकारात्मक सन्देश प्रवाह भएको छ । सरकारको नेतृत्व गरिरहेको संसद्को ठूलो दलका शीर्ष तहमा सर्वोच्च अदालतको फैसलाबाट प्रतिनिधिसभाको पुनःस्थापना तथा एमाले र नेकपा (माओवादी केन्द्र) बीचको एकतालाई पूर्ववत् अवस्थामा फर्काइ दिएपछि चरम विवाद उत्पन्न भएको थियो । माओवादी केन्द्रसँगको २०७५ जेठ ३ गतेको एकतापूर्वको अवस्था उत्पन्न भएपछि एमालेका अध्यक्ष ओलीले गत फागुन २८ गते केन्द्रीय कमिटीको विशेष बैठकबाट भएका निर्णयमा नेता नेपाल र झलनाथ खनाल पक्षले असन्तुष्टि जनाउँदै समानान्तर गतिविधि गर्दै आएको थियो । प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव आउन सक्ने र त्यसमा नेपाल पक्षका सांसदले मत दिन सक्ने अनुमानपछि अध्यक्ष ओली उक्त समूहप्रति कडा हुनुभएको थियो । दुवै पक्षबीच समूहगतरुपमा गत चैत २ गते पार्टीको कन्द्रीय कार्यालय धुम्रबाराहीमा छलफल भए पनि कुनै सहमति भएको थिएन ।

नेपाल कम्युनिष्ट पार्टी स्थापनाको दिनको अघिल्लो दिन अध्यक्ष ओली र नेता नेपालबीच आज साँझ राजधानीको नागपोखरीस्थित होटल मेरियटमा भएको भेटवार्तापछि उहाँहरूले त्यहाँ उपस्थित सञ्चारकर्मीसँग कुनै प्रतिक्रिया नदिए पनि दुवै प्रफुल्लित मुद्रामा बाहिरिनुभएको थियो । उहाँहरूबीच एकाएक भएको भेटवार्ताको समाचार सङ्कलन गर्न त्यहाँ पुगेका राष्ट्रिय अन्तर्राष्ट्रिय सञ्चारमाध्यका प्रतिनिधिले आग्रह गर्दा पनि नेता नेपालले प्रतिक्रिया दिन मान्नु भएन भने सुरक्षाकर्मीको घेराका कारण प्रधानमन्त्री ओली निस्कँदा पत्रकार उहाँ नजिक पुग्न सकेका थिएनन् । वार्तास्थलमा नेतासँगै उक्त होटेलबाट बाहिर निस्कनुभएका प्रधानमन्त्री ओलीको विशेष आर्थिक सल्लाहकार मोती दुगडले शीर्ष नेताहरूको संवाद हुनु सकारात्मक भएको उल्लेख गर्दै वार्तामा भएका विस्तृत विषयबारे भने अनभिज्ञता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “मुलुकको विकास र परिवर्तनका लागि त्याग र सङ्घर्ष गरेका दुवै ठूला नेताहरू राजनीतिको क्षेत्रमा परिपक्व भएकाले उहाँहरू मिल्दा देश र जनतालाई लाभ हुन्छ । उहाँहरू प्रफुल्लित मुद्रामा बाहिरिनुभएको तपाईँहरूले पनि देख्नुभएको छ । यो सकारात्मक सङ्केत हो ।”

पार्टीविरोधी गतिविधि गरेको आरोपमा नेता नेपाल, भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पार्टीले छ महिनाका लागि निलम्बन गरेको थियो भने दुई दिनअघि उहाँहरूसहित २७ जना सङ्घीय सांसदलाई प्रतिनिधिसभा सदस्यका हैसियतमा थप स्पष्टीकरण सोधिएको थियो । एमालेका ह्वीपविपरीत ‘फ्लोर क्रस’ गरी कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वाको मत दिने एमालेका प्रदेश सांसद प्रकाश ज्वालासहित पाँच जनालाई पनि स्पष्टीकरण सोधिएको छ । स्पष्टीकरणको जवाफ तयार हुँदै गरेको अवस्थामा आज अध्यक्ष ओली र नेता नेपालबीच बेग्लाबेग्लै संवाद भएपछि पार्टीमा हुने सक्ने विभाजन रोकिनसक्ने र मुलुकले राजनीतिक स्थिरता पाउन सक्नेमा नेता–कार्यकर्ता र जनस्तरमा सकारात्मक सन्देश प्रवाह भएको हो । विवाद बढेपछि अध्यक्ष ओलीले नेपाल पक्षसँग समूहमा वार्ता नगर्ने तर व्यक्तिगत तहमा वार्ता गर्न भने आफू तयार रहेको जनाउँदै आउनुभएको थियो भने नेता नेपालले आफू प्रधानमन्त्री ओलीको सरकारी निवासमा वार्ताका लागि नजाने र एक्कै वार्तामा नबस्ने अडान राख्दै आउनुभएको थियो । दुवै पक्षका दोस्रो तहका नेताले ‘जनताको बहुदलीय जनवाद’ को विचार र सूर्य चिह्नप्रतिको समान निष्ठा भएका नेता–कार्यकर्ताबीच व्यक्तिगत आवेगका आधारमा विभाजन हुन नहुने भएकाल वार्ताको पहल गर्दै आएका थिए । प्रधानमन्त्री ओलीसँग आजै एमालेका स्थायी कमिटी सदस्य योगेशकुमार भट्टराईले बालुवाटारमा भेटी अध्यक्ष ओलीले लचकताका साथ एकता बचाउन विशेष पहल लिनुपर्ने बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोध हो : केपी ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group