काठमाडौं, ९ बैशाख । एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच दोस्रो भेटबार्ता सुरु भएको छ । प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओली र नेता नेपालबीच केहीबेर अघिबाट नक्सालस्थित मेरियट होटलमा भेटवार्ता सुरु भएको हो । बुधबार साँझ पनि दुई नेताबीच छलफल भएको थियो । छ । हिजोको सहमतिअनुसार दुई नेताबीच आज पुनः भेटवार्ता सुरु भएको हो ।हिजोको भेटसँगै दुई नेताबीचको लामो संवादहीनता तोडिएको थियो । यद्यपी सहमति भने हुन सकेको छैन । नेपाल समूहका चार प्रदेशसभा सदस्यले कर्णालीमा फ्लोर क्रस गरेपछि मंगलबार माधव नेपाल पक्षका २७ सांसदलाई स्पष्टीकरण सोधिएको छ ।
प्रतिक्रिया दिनुहोस्