काठमाडौं, ९ बैशाख । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र एमालेका नेता माधवकुमार नेपालबीच बिहीबार पनि राजधानीको होटल मेरियटमा वार्ता भइरहेको छ।
पार्टी फुटको संघारमा पुगेका बेला बुधबार ओली-नेपालबीच सोही होटलमा वार्ता भएको थियो। आज पनि वार्ताका लागि दुबै नेता अपरान्ह मेरियट पुग्नु भएको थियो । उहाँहरु होटलमा पुगेको केही समयपछि प्रधानमन्त्री ओलीको सचिवालयले एउटा तस्बिर सार्वजनिक गरेको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सार्वजनिक गरेको तस्बिरमा प्रधानमन्त्री ओलीले र नेता नेपाल कोठाको झ्यालबाट बाहिर हेरिरहेको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्