काठमाडौँ, ९ बैशाख। नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल जनकपुर प्रस्थान गर्नुभएको छ। प्रदेश नम्बर २ का विभिन्न कार्यक्रममा सहभागी हुनका लागि उहाँ जनकपुर प्रस्थान गर्नुभएको हो । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटवार्तापछि नेता नेता नेपाल जनकपुर प्रस्थान गर्नुभएको हो ।
ओलीसँग होटल मेरियटमा आज भएको भेट वार्ता खासै प्रगति नभएको बुझिएको छ । नेता नेपालले वार्तामा कुनै सहमाति नभएको आशय ब्यक्त गर्नुभएको थियो । पार्टी अध्यक्षसँग आज भएको दोस्रो भेटपछि नेता नेपाल निराश मुद्रामा बाहिरिनु भएको थियो । मेरियटबाट बाहिरिनेक्रममा टाढैबाट हात हल्लाएर नेपालले बोल्नुपर्ने गरी केही प्रगति नभएको समेत बताउनुभएको थियो । नेता नेपालले हिजोको आफू अलि आशावादी भए पनि आज तिक्ततापूर्ण कुरा भएको प्रतिक्रिया दिनुभयो । ‘कुनै प्रगति भएन। हाम्रो तिक्ततापूर्ण सम्बन्ध कायमै छ। म हिजो थोरै आशावादी थिएँ तर आज तिक्ततापूर्ण कुराकानी भयो,’ नेपालले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्