काठमाडौँ, ९ बैशाख। निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य रामबहादुर थापा बादललाई कारवाही गरेपछि रिक्त रहेको स्थानमा जेठ ६ गते उपनिर्वाचन गर्ने भएको छ ।उपनिर्वाचनका लागि दल दर्ता गर्ने समयावधि वैशाख १० देखि १४ सम्म निर्धारण गरिएको छ । वागमती प्रदेशबाट निर्वाचित सांसद थापा नेकपा एमालेमा प्रवेश गरेपछि माओवादीले कारवाही गरेको थियो । राष्ट्रियसभाको रिक्त स्थानमा ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्ने संवैधानिक प्रावधानका कारण बिहीबारदेखि नै उपनिर्वाचनको तयारी शुरू भएको निर्वाचन आयोगले जनाएको छ । उपनिर्वाचनमा भाग लिन चाहने दलहरुले निर्वाचन प्रयोजनका लागि आयोगमा दल दर्ताको निवेदन दिनुपर्ने आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्