महेन्द्रनगर , ९ बैशाख । कैलालीमा आइसोलेसन सेन्टरमा लैजाने क्रममा कोरोना पोजेटिभ सात जना एम्बुलेन्सबाटै भागेका छन्। बिहीबार गौरीफण्टा हुँदै नेपाल आएका सात जना भारतीय नागरिकको त्रिनगर नाकामा एन्टिजेन विधिबाट परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो। रिपोर्ट पोजेटिभ आएपछि उनीहरूलाई सेती प्रादेशिक अस्पतालको एम्बुलेन्समा धनगढी–१५ कनरीमा रहेको आइसोलेसनमा पठाउने क्रममा बताउनुभयो । उनीहरू बेलीको जंगलमा पसेको बताइएको छ। यस विषयमा माथिल्लो निकायमा खबर गरिएको समेत उहाँले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय कैलालीले भने जानकारी नभएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्