ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीसँग डिनर मिटिङपछि वामदेवले दिए यस्तो प्रतिक्रिया


एबीसी / संवाददाता
१० बैशाख २०७८, शुक्रबार   ७ : ०२   बजे

काठमाडौं, १० बैशाख ।  प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता वामदेव गौतमसँग डिनर मिटिङ गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार ओलीले गौतमसँग डिनर मिटिङ गर्नु भएको हो । ओली र गौतमको डिनरमा कानुन मन्त्री लिलानाथ श्रेष्ठ र एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई सहभागी हुनुभएको थियो । चार जनाले डिनर गरेको फोटो प्रमुख सचेतक भट्टराईले आफ्नो फेसबुकमार्फत सार्वजनिक गर्नुभएको थियो । भेटपछि गौतमले केपी ओलीसँग आफ्नो अटुट सम्बन्ध रहेको र रहिरहने बताएको भट्टराईले उल्लेख गर्नुभएको हो । ‘सम्माननीय प्रधानमन्त्रीज्यूको निवास वालुवाटारमा प्रधानमन्त्रीसँगको संवादपछि उहाँले भन्नुभयो–केपी ओली देशको प्रधानमन्त्री हो, नेकपा ९एमाले० को अध्यक्ष हो। तर उहाँसँगको मेरो सम्बन्ध पदका कारणले बनेको होइन जमानादेखिको हो र अटुट रहिरहनेछ,’ भट्टराईले लेखेका छन्, ‘अब कमरेड वामदेव गौतमले के गर्नुहोला भन्ने आम जिज्ञासाको जवाफ यसैमा खोज्ने त होला नि ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

सम्बन्धित

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu