ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाँकेमा थप तीन जना कोरोना संक्रमितको मृत्यु


एबीसी / संवाददाता
१० बैशाख २०७८, शुक्रबार   ११ : ४३   बजे

नेपालगञ्ज, १० वैशाख । बाँकेमा एक २८ वर्षिय युवकसहित थप तीन जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुर अस्पतालको कोभिड वार्डमा उपचाररत एक जना २८ वर्षिय युवकसहित अन्य दुई जना गरेर थप तीन जनाको विहिबार राती र शुक्रवार विहान मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बनगाड ३ सल्यानका ५६ वर्षिय पुरुष र बाँके जानकी १ की ७१ वर्षिया महिलाको विहिबार राती र बाँके बैजनाथ ६ का २८ वर्षिय युवकको शुक्रवार विहान मृत्यु भएको बताउनुभयो ।

ती तीनै जनाको मेडिकल कलेजमा भेन्टिलेटरमा उपचार भैरहेकोमा अवस्था विग्रदैं गएपछि मृत्यु भएको फोकल पर्सन ओलीले बताउनुभयो । उहाँले उहाँहरुलाई संक्रमण पुष्टि भएलगत्तै स्वास्थ्य अवस्था विग्रन थालेपछि मेडिकल कलेजमा भर्ना गरिएको बताउनुभयो ।

कोरोना संक्रमणको दोस्रो लहरमा बाँकेमा दैनिक ३०० भन्दा बढी संक्रमित थपिन थालेपछि अहिले जिल्लाका कुनै पनि कोभिड वार्डमा विरामी राख्ने बेड र ठाउँ नरहेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
एकातिर भेरी र मेडिकल कलेजमा बेड, आइसियु र भेन्टिलेटर खाली छैन भने अर्कोतिर दैनिक सयौंको संख्यामा गम्भीर खालका विरामी भएका संक्रमितको संख्या बढ्दै गएकोले जिल्लावासी त्रसित बन्दै गएका छन् ।
कोरोनाका विरामीको उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीहरुले स्थानीय, प्रदेश र केन्द्र सरकारसंग नेपालगञ्जमा तत्काल जनशक्तिसहितको डेढदेखि २ सय बेडको कोभिड अस्पताल निर्माण गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

तौल घटाउने औषधिको अर्को सीमारेखाः एकपटकको जीन थेरापी

स्तनपानका फाइदाहरू शिशुहरूमा मात्र होइन, क्यान्सर उपाचारमा उपयोगी

बीएमआईको सट्टा एक नयाँ विकल्प  शरीर गोलाई सूचकांक (BRI)

ओमान नामिबियासँग १०९ रनमै अलआउट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group