ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना कहर


एबीसी / संवाददाता
१० बैशाख २०७८, शुक्रबार   १ : ०७   बजे

स्वास्थ्य कार्यालय कञ्चनपुरले गत चैतको पहिलो सातादेखि यहाँको गड्डाचौकी नाकामा स्वास्थ्यकर्मीको टोली परिचालन गरी भारतबाट स्वदेश फर्किनेको कोरोनाको नमूना परीक्षण थाल्यो ।

लामो समयदेखि भारतको विभिन्न क्षेत्रमा छरिएर रोजगारीका लागि परिश्रम गरिरहेका सुदूरपश्चिमवासी भारतका केही प्रान्तमा कोरोना सङ्क्रमण पुनः फैलिन थालेपछि स्वदेश फर्किन थालेका थिए । नयाँ वर्षलाई विशु पर्वका रुपमा सुदूरपश्चिम प्रदेशमा मनाउन भारतबाट यहाँका नाकाबाट स्वदेश फर्किनेको लर्को भएसँगै नमूना परीक्षण थालेको स्वास्थ्यको टोलीले आउने सबैको कोरोना परीक्षण गर्न सीमामा सम्भव भएनन् ।

विगतमा यहाँका नौवटै स्थानीय तहले पालिकास्तरमै आइसोलेसन कक्ष बनाउनुका साथै स्वास्थ्य सावधानीका लागि सक्रियता देखाए पनि दोस्रो पटकको सङ्क्रमण महामारीका रुपमा फैलिँदा पहलकदमी भने देखिएको छैन । भीमदत्त नगरपालिकाले नेपाली सेनाको सहयोगमा अघिल्लो वर्ष स्थापना गरेको १०० श्ययाको आइसोलेसन कक्षमा सङ्क्रमतिको व्यवस्थापन गर्न थालिएको छ । दोस्रो पटक सङ्क्रमण दर समुदायस्तरमा फैलिएसँगै यहाँको महाकाली अस्पतालमा दिनहुँ कोरोना परीक्षण गराउनेको भीड बढ्न थालेको छ । महाकाली अस्पतालका डा गोविन्द रोकायाले स्थानीयस्तरमा समेत कोरोना सङ्क्रमण भयावह रहेको बताउनुभयो ।
कोरोना कहरका कारण विद्यालय बन्द गरिएका छन् भने व्यापारी पनि कोरोनाका कारण व्यापार घटेको बताउँछन् । केही समयअघि कोरोना सामान्य बन्दै गएका बेला पश्चिमी नाका पुनः सुचारु गर्न माग गरिरहेका यहाँको निजी क्षेत्र अहिले फेरि प्रभावित बन्ने पुगेको छ । कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जङ्गबहादुर मल्लले कोरोना सङ्क्रमणबाट बच्न उद्योग, व्यापारीले पनि सुरक्षा सतर्कता अपनाउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

सम्बन्धित

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu