ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट प्रतियोगिताको च्याम्पियन बन्यो नेपाल नेपाल


एबीसी / संवाददाता
११ बैशाख २०७८, शनिबार   ५ : २५   बजे

काठमाडौ, ११ बैशाख ।  नेपाल त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट प्रतियोगिताको विजेता बनेको छ । प्रतियोगिताको फाइनलमा नेदरल्याण्ड्सलाई १४२ रनले हराएर नेपाल विजेता बनेको हो । नेपालले प्रस्तुत गरेको २३९ रनको लक्ष्य पछ्याउँदै नेदरल्याण्ड्सले १७ ओभर दुई बलमा मात्र ९६ रनमा समेटिन पुग्यो । नेपालको अन्तर्राष्ट्रिय टी ट्वान्टीमा यो अहिलेसम्मकै सर्बाधिक ठूलो जित हो । यसअघि नेपालले साग खेलकुदमा भुटानमाथि १४१ रनको जित हात पारेको थियो ।

नेदरल्याण्ड्सको पारीमा ओपनर म्याक्स ओ डौडले २० तथा सेबेष्टियन ब्राटले बनाउनुभएको २६ रन नै सर्बाधिक ब्यक्तिगत् योगफल रहन गयो । ब्राट अविजित रहनुभयो । कप्तान पिटर सीलरले १३ रनको योगदान दिनुभयो । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरा योगफल समेत छुन सकेन ।

नेपाली बलरहरुमा करण केसीले सर्बाधिक तीन विकेट लिनुभयो । कमल ऐरी र सन्दीप लामिछानेले सामान दुई दुई विकेट लिनुभयो । अविनाश बोहराले एक विकेट लिनुभयो । नेदरल्याण्ड्सका दुई जना ब्याट्सम्यान रन आउट हुन पुगे ।
त्यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङ गर्ने निम्ता पाएको नेपालले पुरै २० ओभर खेलेर मात्र तीन विकेटको क्षतिमा २३८ रनको विशाल योगफल तयार गर्यो । अन्तर्राष्ट्रिय टी ट्वान्टीमा नेपालको यो अहिलेसम्मकै सर्बाधिक ठूलो योगफल हो । यसअघि दक्षिण एशियाली खेलकुद९साग०मा नेपालले भुटान बिरुद्ध तीन विकेटको क्षतिमा २३६ रनको योगफल तयार गरेको थियो ।
ओपनर आशिफ शेष मात्र आठ बलमा १६ रन बनाएर पेभेलियन फर्किदा नेपालले दुई ओभर दुई बलमा ३० रन जोडेको थियो । सुरुवाती र मध्यक्रमका सबै ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गरेपछि नेपालले विशाल योगफल तयार गर्न सफल भएको थियो ।

कुशल भुर्तेलको अद्र्धशतक

ओपनर कुशल भुर्तेलले मात्र ४३ बलमा पाँच चौका र दुई छक्का लगाएर आफ्नो अद्र्धशतक पुरा गर्नुभयो । ११ रनको ब्यक्तिगत् योगफलमा पहिलो जिवनदान पाएका कुशलले १३ औं ओभरको चौथो बलमा फिलिप बोस्सेभेनको बलमा छक्का लगाउँदै अद्र्धशतक पुरा गर्नुभयो । उहाँले ५३ बलमा आठ चौका र तीन छक्काको सहयोगमा सर्बाधिक ७७ रनको योगदान दिनुभयो । यो उहाँको टी ट्वान्टी अन्तर्राष्ट्रियको सर्बाधिक ब्यक्तिगत् योगफल समेत हो । प्रतियोगिताको पाँच खेलमा उहाँको यो चौथो अद्र्धशतक हो ।आशिफ सबेरै पेभेलियन फर्केपछि कुशल भुर्तेलसँग कप्तान ज्ञानेन्द मल्लले दोस्रो विकेटका लागि ५७ रनको साझेदारी गरेर टोलिको योगफल ८७ रनसम्म पुर्याउनुभयो ।

कुशल मल्लको पहिलो अद्र्धशतक

ज्ञानेन्द्रले मात्र १९ बलमा तीन चौका र दुई छक्का लगाएर ३३ रन बनाएर पेभेलियन फर्किदा चौथो नम्बरमा ब्याटिङ गर्न आउनुभएका कुशल मल्लले विष्फोटक पारी खेल्दै टोलिलाई १८ औं ओभरको चौथो बलमा दुई सय रनको योगफलसम्म पुर्याउनुभयो । नेपालले १८ ओभरमा तीन विकेटको क्षतिमा २०६ रन बनाउँदा कुशल मल्लले मात्र २२ बलमा दुई चौका र पाँच छक्काको सहयोगमा ४८ रन बनाउनुभयो । लगत्तै कुशल मल्लले अन्तर्राष्ट्रिय टी ट्वान्टीमा आफ्नो पहिलो अद्र्धशतक पुरा गर्नुभयो । उहाँले मात्र २४ बलमा दुई चौका र पाँच छक्काको सहयोगमा ५० रन बनाएर अविजित रहनुभयो ।

पारीको उत्कृष्ट अन्त्य

नेपालले १२ औं ओभरदेखि १७ औं ओभरका बीच पाँच ओभरमा ८६ रन जोड्दा कुशल भुर्तेलको रुपमा एक मात्र विकेट गुमाउन पुग्यो । अन्तिम पाँच ओभरमा नेपालले एक विकेट गुमाएर ८१ रन जोड्यो ।
कुशल मल्ल, कुशल भुर्तेलले अद्र्धशतक लगाउँदा दीपेन्द्रसिंह ऐरीले मात्र १८ बलमा ४८ रन बनाएर अविजित रहँदै अद्र्धशतक लगाउनबाट चुक्नुभयो । उहाँले पारीको अन्तिम बलमा चौका लगाएर ४८ रन बनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

विश्वकप फाइनल विवाद : अर्जेन्टिनी खेलाडी र प्रशिक्षक फिफाको निगरानीमा

फिफा विश्वकप फुटबलमा फ्रेन्च स्टार एम्बाप्पेलाई लगातार दोस्रो गोल्डेन बुट

नेपाली भलिबल टोली आज पाकिस्तान जाँदै

🚨 ब्रेकिङ : स्पेन विश्व च्याम्पियन ! अतिरिक्त समयमा टोरेसको निर्णायक गोल, अर्जेन्टिनाको उपाधि रक्षा सपना चकनाचुर

विश्वकप फाइनल अतिरिक्त समयमा : स्पेनको एकतर्फी दबाब, अर्जेन्टिना १० खेलाडीमा सीमित

विश्वकप फाइनलको पहिलो हाफ गोलरहित : स्पेनको दबाब, अर्जेन्टिनाको संयम, मेस्सी अझै प्रभावहीन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu