काठमाडौं, १२ बैशाख । कोभिड १९ प्रकोप नियन्त्रणका लागि काठमाडौंका तीनवटै जिल्लामा निषेधाज्ञा लाग्ने सम्भावना देखिएको छ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले ५ सय भन्दा बढी संक्रमित भएका शहरी जिल्लामा निषेधाज्ञा जारी गर्नुपर्ने सिफारिस आज गरेको छ ।
काठमाडौंका तीन जिल्लामा ५ सय भन्दा बढी संक्रमित छन् । सीसीएमसीको बैठकपछि भोली उपत्यकाका तीनजना प्रमूख जिल्ला अधिकारीको संयुक्त बैठक बसेर निर्णय लिन ललितपुरका प्रजिअ ढुण्डी प्रसाद निरौलाले बताउनुभयो । उहाले भन्नुभयो ‘स्थिति भयावह बनिरहेको छ ।
त्यसैले अब हामी भोली बसेर गम्भिर छलफलपछि आवश्यक निर्णय लिनेछौं ।’ उहाले सीसीएमसीको सिफारिसकै आधारमा निषेधाज्ञामा जान सकिने बताउनुभयो । काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले भने सीसीएमसीको सिफारिसलाई मन्त्रीपरिषदले स्वीकृत गरेपछि मात्रै आफूहरुले निर्णय लिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्