काठमाडौं, १३ वैशाख । सरकारले कोरोना महामारी नियन्त्रणबारे निर्णय गर्ने तयारी गरेको छ । त्यसका लागि प्रधानमन्त्री केपी ओलीले आफ्नै सरकारी निवास बालुवाटारमा साँझ ५ बजे मन्त्रिपरिषद बैठक बोलाउनु भएको छ । एक मन्त्रीका अनुसार मन्त्रिपिरषदले लकडाउन गर्नेबारे निर्णय लिने सम्भावना छ । आइतबार उपत्यकाको तीनवटै जिल्लाको कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बैठकले लकडाउन वा निषेधाज्ञा गर्न सुझाव दिएको थियो । सीसीएमसीले पहाडमा २ सय र सहरी क्षेत्रमा ५ सय संक्रमित भएका जिल्ला कोभिड व्यवस्थापन केन्द्रले निषेधाज्ञा गर्न सक्ने अधिकार दिएको छ ।
प्रतिक्रिया दिनुहोस्