काठमाडौं, १४ बैशाख । सरकारले राजधानी काठमाडौं उपत्यकामा बैशाख महिनाभर निषेधाज्ञा (लकडाउन) गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले उपत्यकाका तीनैवटा सीडीओ कार्यालयले गर्ने भनेको एकसाताको लकडाउनमा एक साता थप गरेको एक मन्त्रीले जानकारी दिनुभयो । उहाँका अनुसार कोभिड–१९ को अवस्था हेरेर लकडाउनको अवधी थपघट हुनसक्ने छ । बैठकमा नेपाल–भारत सीमालाई बन्द गर्ने छलफल भएको पनि जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्