काठमाडौं, १४ बैशाख । नेपाल प्रहरीको प्रधान कार्यालय नक्सालमा पनि कोरोना संक्रमण देखिन थालेको छ । कार्यालयमा विभिन्न तहका प्रहरी कर्मचारीहरुमा कोरोना पुष्टि भएको हो । हेडक्वार्टरमा कार्यरत ४५ जनामा कोरोना पुष्टि भएको बताइएको छ । पहिलो चरणमा समेत प्रहरी हेडक्वार्टरमा सयौँलाई संक्रमण देखिएको थियो । पहिलो चरणमा कोरोना संक्रमणबाट ६ जना प्रहरीको ज्यान गएको थियो । अहिले देशभर भने ९३ प्रहरीमा संक्रमण देखिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्