ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अक्सिजन व्यवस्थापनमा ध्यान नदिएको भन्दै सांसदहरुको असन्तुष्टि


एबीसी / संवाददाता
१४ बैशाख २०७८, मंगलबार   ८ : १२   बजे

काठमाडौं, १४ बैशाख । सरकारले कोभिड–१९ संक्रमित विरामीको लागि आवश्यक पर्ने अक्सिजन व्यवस्थापनमा ध्यान नदिएको भन्दै सांसदहरुले असन्तुष्टि जनाएका छन् । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको मंगलबारको बैठकमा उपस्थित सांसदहरुले सरकारले कोभिड विरामीको उपचारका लागि अक्सिजनको आवश्यकता अपरिहार्य भएपनि त्यसको व्यवस्थापनमा ध्यान निदएको भन्दै सांसदहरुले असन्तुष्टि जनाएका हुन् ।

नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले कोभिड विरामीको उपचारको लागि अक्सिजनलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभयो । अहिले थुप्रै अस्पतालहरुमा भएका अक्सिजन प्लान्टहरु विग्रिएको अवस्थामा रहेको तर सरकारले मर्मत गरी सञ्चालन गर्ने कुरामा ध्यान नदिएको बताउनुभयो । उहाँले अक्सिजन प्लान्ट पनि तत्काल थप्न माग गर्नुभयो । त्यसबाहेक पीसीआर परीक्षण गत वर्षको जतिपनि नभएको भन्दै समुदाय स्तरमा पुगेर परीक्षण गर्नुपर्ने बताउनुभयो । देशभरका अस्पतालहरुमा रहेको भेन्टिलेटर, अक्सिजन र बेडहरुको अडिट गरी विरामीले सहजै पाउने व्यवस्था गर्न मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

नेपाली कांग्रेसका सांसद मानबहादुर विश्वकर्माले नेपालमा २० वटा अक्सिजन प्लान्ट कम्पनीहरु रहेको तर मन्त्रालयले एक दिन पनि अक्सिजन आपूर्तिको विषयमा उनीहरुसँग छलफल नगरेको बताउनुभयो । यसबाट मन्त्रालय कति लापरवाह छ भन्ने कुरा प्रष्ट भएको पनि बताउनुभयो । वीर अस्पताल, पाटन अस्पताल, धरान अस्पताल लगायतका अस्पतालमा रहेका अक्सिजन प्लान्टहरु विग्रिएको तर मर्मत गरेर चलाउन सरकारले चासो नदिएको पनि बताउनुभयो ।

नेकपा (एमाले)का सांसद खगराज अधिकारीले कोभिड विरामीको उपचारको जिम्मा संघीय सरकारले लिनुपर्ने, पीसीआर परीक्षणको जिम्मा प्रदेश सरकार र कन्ट्याक्ट ट्रेसिङको जिम्मा स्थानीय तहले लिने गरी कार्यविभाजन गर्दा प्रभावकारी हुने बताउनुभयो । उहाँले जनशक्ति, औषधी, इक्युपमेन्ट, बेड र अक्सिजन बढाउने कुरामा ध्यान दिन मन्त्रालयलाई आग्रह गर्नुभयो ।

नेकपा (एमाले)का सांसद जीवन राम श्रेष्ठले कोभिड विरामीको उपचारको लागि सरकारको तयारीको पक्ष कमजोर रहेको बताउनुभयो । गत वर्ष भन्दा राम्रो तयारी हुनुपर्नेमा त्यसो हुन नसकेको बताउनुभयो । सरकार योजना बनाउने तर कार्यान्वयन नगर्ने अवस्थामा रहेको पनि बताउनुभयो । उहाँले पनि अस्पतालमा आवश्यक पर्ने अक्सिजनको अभाव रहेको बताउनुभयो ।

नेकपा (मओवादी केन्द्र)की सांसद अन्जना विशंखेले पहुँचहुने सांसदहरुले आफ्नो क्षेत्रमा स्वास्थ्य सामग्री लगेको लग्यै गर्ने र पहुँच नहुनेको क्षेत्रमा रहेका अस्पतालहरुमा समान्य माक्स समेत नजाने अवस्था रहेको बताउनुभयो ।

सांसदहरुले अस्पतालमा स्वास्थ्यकर्मीको अभाव हुन नदिनको लागि छोटो समयका लागि जनशक्ति नपाए एक वर्षका लागि भएपनि करारमा लिनु पर्नेमा जोड दिएका छन् । अहिले काम गरिराखेका स्वास्थ्यकर्मीहरुले गत वर्षको पाउनुपर्ने सुविधा समेत नपाएको अवस्थामा उनीहरुको मनोवल बढ्न नसक्ने भएकाले त्यसतर्फ ध्यान दिन पनि मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group