काठमाडौँ, १५ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई अस्पतालमा भर्ना गरिएको छ । शरीरमा सोडियमको मात्रा कम देखिएपछि मंगलबार साँझ दाहाललाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको परिवार स्रोतले जनाएको छ । अहिले स्वास्थ्य अवस्था स्थिर नै रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्