काठमाडौँ,१६ बैशाख । काठमाडौंमा भेरोसेल खोप वितरण स्थगित भएको छ ।स्वास्थ्य कार्यालय काठमाडौंले विज्ञप्ति निकालेर केही समयका लागि खोप वितरणको काम स्थगित भएको जानकारी गराएको हो ।स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा र व्यवस्थापन महाशाखाबाट खोप लगाउने कार्यक्रम रोक्न सिफारिस भएकाले तत्कालका लागि यो खोप लगाउन बन्द गरिएको स्वास्थ्य सेवा कार्यालय काठमाण्डौका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले जानकारी दिनुभयो । गएको चैत ४ गतेको सरकारको निर्णय अनुसार दोस्रो चरणको खोप अभियान अन्तर्गत चैत २५ गतेदेखि यो खोप लगाउन सुरु भएको थियो । १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिहरुलाई भेरोसेल खोप दिइएको थियो ।भेरोसेल खोपको आठ लाख डोज चीनले नेपाललाई अनुदानमा उपलब्ध गराएको हो ।
प्रतिक्रिया दिनुहोस्