ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जिल्ला सहकारी सङ्घ खोटाङका अध्यक्षको सङ्क्रमणबाट मृत्यु


एबीसी / संवाददाता
१६ बैशाख २०७८, बिहिबार   १२ : ४२   बजे

खोटाङ, १६ वैशाख
जिल्ला सहकारी सङ्घ खोटाङका अध्यक्ष अनिल जोशीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । सहकारीकै कामको सिलसिलामा पोखरा पुग्नुभएका अध्यक्ष जोशीमा कोरोना सङ्क्रमण देखिएपछि पोखरास्थित आम्दा अस्पतालमा उपचार गराउँदा गराउँदै गए राति मृत्यु भएको हो । मृतक जोशीको शव पोखरास्थित नेपाली सेनाको शव व्यवस्थापन टोलीले आजनै व्यवस्थापन गर्ने तयारी गरेको जनाइएको छ । विराटनगरबाट गत चैत–२९ गते पोखरा जोशीमा यहि वैशाख–५ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि वैशाख–६ गते अस्पताल भर्ना गरिएको थियो ।

चैत–२५ दिक्तेलबाट विराटनगर हुँदै पोखरा पुग्नुभएका जोशीमा विराटनगर हुँदा सामान्य रुघाखोकीको सङ्क्रमण देखिएको पारिवारिक स्रोतले जनाएको छ । पारिवारिक स्रोतका अनुसार रुघाखोकीले च्याप्दै गएपछि पोखरामा स्वाब परीक्षण गर्दा जोशीलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो । सहकारी अभियान्ता अध्यक्ष अनिलको ४४ वर्षको उमेरमै कोरोना सङ्क्रमणबाट निधन भएपछि परिवार शोकमा डुबेको छ । दुई श्रीमती र एक छोराका बुबा अनिल लामो समयदेखि सहकारी संस्थामै क्रियाशील हुनुहुन्थ्यो ।

पोखरस्थित प्राइम सहकारी संस्थाका संस्थापक अध्यक्षसमेत रहनुभएका जोशी खोटाङमा सञ्चालित लालुपाते सहकारी संस्थाका अध्यक्ष एवम् सञ्चालक हुनुहुन्थ्यो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारका बुबा हरि जोशी तथा आमा रमा जोशीका तीन छोरामध्ये अनिल जेठा छोरा हुनुहुन्छ । दिक्तेल बजारका स्थानीय बासिन्दाको कोरोना सङ्क्रमणबाट मृत्यु भएपछि जिल्लामा उच्च स्वास्थ्य सुरक्षा सर्तकता अपनाइएको छ ।

यसैबीच, कोभिड–१९ को दोस्रो चरणको महामारीलाई मध्यनजर गर्दै खोटाङको त्रिधार्मिकधाम हलेसी मन्दिरसहित जिल्ला विभिन्न ठाउँमा लाग्ने हाटबजार १५ दिन बन्द गर्ने निर्णय गरिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) खोटाङको आकस्मिक बैठकले दैनिकजसो दर्शनार्थीको भिड लाग्ने त्रिधार्मिकधाम हलेसी मन्दिरसहित जिल्लाका विभिन्न ठाउँमा लाग्ने हाटबजार यहि वैशाख मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने हलेसीमा उपस्थित हुने दर्शनार्थी एवम् तीर्थयात्रीको भिडले एक अर्कामा सङ्क्रमण फैलने खतरा बढेकाले १५ दिन हलेसी मन्दिर बन्द गर्ने निर्णय गरिएको डिसिसिएमसिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताउनुभयो । संयोजक शर्माका अनुसार कोभिड–१९ कै महामारी रोकथाम गर्न विसं २०७७ चैत ८ गतेदेखि २०७७ साल मङ्सिर १६ गतेसम्म बन्द गरिएको हलेसी मन्दिर बुधबारदेखि पुनः वैशाख मसान्तसम्मका लागि बन्द गरिएको हो ।

राजधानी काठमाडौँलगायत शहरबाट जिल्ला भित्रिने दर बढेसँगै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कोभिड–१९ का सङ्क्रमितलाई लक्षित गर्दै ३२ बेडको आइसोलेशन सेन्टर स्थापना गरेको छ । देशभर कोभिड–१९ को सङ्क्रमण फैलिन थालेसँगै गृह जिल्ला फर्कनेक्रम बढेपछि जिल्लामा पनि फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिक्तेलको भवनमा आइसोलेशन सेन्टर स्थापना गरेको हो ।

कोभिड–१९ का सक्रिय सङ्क्रमितलाई राखेर उपचार गर्ने व्यवस्थाका लागि आइसोलेशन सेन्टर निर्माण गरिएको नगरपप्रमुख दीपनारायण रिजालले बताउनुभयो । नगरपालिकाले नेपाली सेनाको सहयोगमा २७ पुरुष र पाँच महिला सङ्क्रमित राखेर उपचार गराउन मिल्ने गरी बिनाअक्सिजनको आइसोलेशन सेन्टर निर्माण गरेको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group