ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ भेरियन्टको कोरोना सङ्क्रमितमध्ये ९० प्रतिशतलाई अक्सिजन दिनुपर्ने : टेकुमा ६८ गम्भीर, १३ जना अतिगम्भीर


एबीसी / संवाददाता
१७ बैशाख २०७८, शुक्रबार   १२ : २३   बजे

काठमाडौं, १७ बैशाख । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल केही दिन अघिमात्रै अस्पताल प्राङ्गणमा कोरोना विरुद्धको खोप लगाउनेको लाइन देखिन्थ्यो । तर, अहिले सङ्क्रमित भएर उपचारका लागि अस्पताल आउनेको भीड देखिन थालेको छ ।

विहीबारसम्म टेकुमा उपचाररत ६८ संक्रमितको अवस्था गम्भीर रहेको अस्पतालका निर्देशन डा.सागर राजभण्डारीले बताउनुभएको छ ।  उहाँले ६८ जनामध्ये १३ जनाको अवस्था अझ नाजुक रहेको बताउनुभयो ।

नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण तीव्र बनेसँगै उपचारका लागि टेकु अस्पताल पुगेको सङ्ख्या पनि बढ्दै गएको निर्देशक राजभण्डारीले बताउनुभयो ।‘कोरोना संक्रमित दिनानुदिन बढ्दै छ, अस्पताल आउनेको संङ्ख्यामा पनि वृद्धि भइरहेको छ,’ उहाँले भन्नुभयो,‘उपचारका लागि अस्पताल आउने सङ्क्रमितलाई कहाँ राखेर उपचार गर्ने भन्ने समस्या थपिएको छ ।’ उहाँका अनुसार उपचारका लागि स्वास्थ्यकर्मी तयार रहेपनि स्रोत साधनका अभावका कारण उपचारका समस्या हुने गरेको बताउनुभयो ।

‘अस्पतालमा कोरोनाका विरामीको उपचारका लागि बेड क्षमता जम्मा ६० रहेको छ । अहिले त्यसलाई बढाएर ७० पुग्याएका छौं,’ उहाँले भन्नुभयो, ‘अस्पताल सानो छ अझै बेडको अवश्यक पर्छ । तर, राख्ने ठाउँ छैन । हामीले बाहिरै बेड राखेर भएपनि सङ्क्रमित बिरामीको उपचार गरिरहेका छौ ।’

अस्पतालमा उपचारका लागि आउने गम्भीर बिरामीबाहेकका सामान्य बिरामीलाई अन्य अस्पतालसँग समन्वय गरेर बेड खाली भएको ठाउँमा पठाउने गरेको उहाँले बताउनुभयो । अस्पतालमा उपचार सङ्क्रमित बिरामीको निःशुल्क उपचार गर्दै आएको समेत उहाँले बताउनुभयो ।

‘यहाँ उपचाररत संक्रमितले उपचारको पैसा पनि तिर्नुपर्दैन, खाना, खाजाको पनि पदैन,’ निर्देशक राजभण्डारीले भन्नुभयो, ‘उहाँहरुलाई हामीले निःशुल्क उपचार गरिरहेका छौ । तर, नयाँ भेरियन्टको कोरोना सङ्क्रमितमध्ये ९० प्रतिशतलाई अक्सिजन दिनुपर्ने हुन्छ । अक्सिजन प्रयाप्त नहुन्दा समस्या भएको छ ।’

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ११ सय २७ जना, भक्तपुरका १८२ जना र ललितपुरका २५२ जना कोरोना सङ्क्रमित भेटिएका हुन् । यसैगरी पछिल्लो २४ घण्टामा चार हजार ९२८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ३५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group