काठमाडौँ, १७ बैशाख । कोरोना संक्रमणका कारण दैलेखमा एक गर्भवती महिलाको मृत्यु भएको छ । आज बिहान साढे ११ बजे ती महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा नारायण नगरपालिका–६ की २७ वर्षीया महिला रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख थीरप्रसाद रेग्मीले जानकारी दिनुभयो । रेग्मीका अनुसार त्यी महिलाको स्वास्थ्य सेवा कार्यालय दैलेखमै मृत्यु भएको हो । मृत्यु पश्चात एन्टिजेन टेष्ट गर्दा पोजेटिभ देखिएको रेग्मीले जानकारी दिनुभयो ।
उनले भने ,‘त्यी महिला १० महिनाकी गर्भवती रहेकी थिइन् त्यी महिलाको बच्चा जन्मिने मिति नाघिसकेकाले सुर्खेत रिफर गरेको थियो । यस्तै स्वास्थ्य कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अस्पतालको ओपीडी सेवा आजैदेखि बन्द गरिएको गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्