ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाबाट विहानै थप ४ जनाको मृत्यु


एबीसी / संवाददाता
१८ बैशाख २०७८, शनिबार   ९ : १०   बजे

काठमाडौं, १८ बैशाख ।  कैलाली र बुटवलमा उपचारको क्रममा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवलमा दुई कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको हो । कोरोनाका कारण मृत्यु हुनेमा जिल्लाको जानकी गाउँपालिका–३ की ५९ वर्षीया महिलाको गए राति कैलालीको टीकापुरमा रहेको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यस्तै जिल्लाको लम्कीचुहा नगरपालिका–५ की ५० वर्षीया कोरोना सङ्क्रमित महिलाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । वैशाख ११ गतेदेखि सेती अस्पतालमा उपचाररत उनको गए राति १ः०० बजे मृत्यु भएको सूचना अधिकारी जोशीले बताउनुभयो । यसैवीच बुटवल । कोरोना बिशेष अस्पताल बुटवलमा एकाबिहानै २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । उपचारका लागि अस्पताल भर्ना भएका नवलपरासी र रुपन्देहीका २ जना संक्रमितको उपचारकै क्रममा बिहान मृत्यु भएको हो ।

नवलपरासी रामग्रामकी ४५ वर्षिया महिलाको बिहान ४ बजे उपचारका क्रममा मृत्यु भएको छ भने रुपन्देही सुछोधन ५ का ५५ वर्षिय पुरुषको आज बिहान ५ः४५ बजे मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमका अनुसार रामग्राम १० की महिला कोरोना पुष्टि भएपछि हिजो मात्र अस्पताल भर्ना भएकी थिईन् भने सुद्धोधनका पुरुषको गत १३ गते कोरोना संक्रमण पुष्टि भएपनि १६ गते अस्पताल भर्ना भएका थिए ।आज थपिएसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

तौल घटाउने औषधिको अर्को सीमारेखाः एकपटकको जीन थेरापी

स्तनपानका फाइदाहरू शिशुहरूमा मात्र होइन, क्यान्सर उपाचारमा उपयोगी

बीएमआईको सट्टा एक नयाँ विकल्प  शरीर गोलाई सूचकांक (BRI)

ओमान नामिबियासँग १०९ रनमै अलआउट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group