ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुदूरपश्चिम प्रदेशमा १० कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु


एबीसी / संवाददाता
१९ बैशाख २०७८, आइतबार   ७ : ०४   बजे

काठमाडौँ, १९ वैशाख । सुदूरपश्चिम प्रदेशमा शनिबार १० कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार पछिल्लो २४ घण्टामा कञ्चनपुरका पाँच पुरुष र एक महिला, कैलालीका दुई महिला र एक पुरुष तथा बझाङका एक पुरुषको मृत्यु भएको छ ।

शनिबार प्रदेशमा पिसिआर पद्धति र एन्टिजेन पद्धतिबाट एक हजार ४१५ को नमूना परीक्षण गर्दा ४३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हालसम्म एन्टिजेन परीक्षणबाट सङ्क्रमण भएकामध्ये २० र पिसिआर परीक्षणबाट सङ्क्रमण भएकामध्ये ८० जनाको मृत्यु भएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।

सुदूरपश्चिमको रेफरल अस्पताल सेती प्रादेशिक अस्पताल मातहतको कोरोना अस्थायी अस्पतालमा ५९ सङ्क्रमित उपचाररत रहेकामध्ये तीन जना भेन्टिलेटरमा र १७ जनाको सघन उपचार कक्षमा राखेर उपचार व्यवस्थापन भइरहेको छ ।

अक्सिजनको सहयोग लिएर ३४ र ‘मोडरेड केस’ पाँच जनाको उपचार भइरहेको छ । कोरोना अस्थायी अस्पतालमा बिरामीको चाप बढ्दा सहजरूपमा उपचार व्यवस्थापन गर्न समस्या भइरहेको स्वास्थ्यकर्मीले बताएका छन् । कोरोना सङ्क्रमण र मृत्यु दर उच्च हुँदा सक्रिय बिरामी पनि बढेका छन् । प्रदेशमा एक हजार ८५२ सक्रिय बिरामी पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

तौल घटाउने औषधिको अर्को सीमारेखाः एकपटकको जीन थेरापी

स्तनपानका फाइदाहरू शिशुहरूमा मात्र होइन, क्यान्सर उपाचारमा उपयोगी

बीएमआईको सट्टा एक नयाँ विकल्प  शरीर गोलाई सूचकांक (BRI)

ओमान नामिबियासँग १०९ रनमै अलआउट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group