ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल प्रहरीद्वारा सञ्चालित तपाईंको मास्क खोई ?


एबीसी / संवाददाता
१९ बैशाख २०७८, आइतबार   ८ : २५   बजे

नेपाल प्रहरीद्वारा सञ्चालित तपाईंको मास्क खोई ?
काठमाडौँ, १९ वैशाख :
कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनिकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोइ ?’ कार्यक्रमलाई तीव्रता दिइएको छ । उक्त कार्यक्रम अन्तरगत पछिल्लो २४ घण्टामा मास्क नलगाई हिँड्ने १४ हजार ७३९ जनालाई निःशुल्क मास्क वितरणसमेत गरिएको छ ।

नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको सन्दर्भमा त्यसलाई रोक्न प्रहरीले विभिन्न सचेतनामुलक कार्यक्रमसहित मास्क वितरण गरिरहेको हो । यस्तै मापदण्ड उल्लङ्घन गर्नेलाई कारवाहीसमेत गरिएहेको प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

तोकिएको सुरक्षा मापदण्डलाई कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘सङ्क्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्दै विभिन्न सचेतनामूलक कार्यक्रम अभियानकैरुपमा सञ्चालन गरेकोå छ । अभियानको क्रममा पछिल्लो २४ घण्टामा मास्क नलगाई हिँडडुल गर्ने तीन हजार ७४६ जनालाई होल्डिङ जोनमा राखी सम्झाई बुझाई छाडिएको छ । तोकिएको मापदण्ड उल्लङ्घन गर्ने ५१५ जनालाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको जनाइएको छ ।

साथै सोही क्रममा देशभर सञ्चालित सचेतनामूलक कार्यक्रममा ३१ हजार ८४१ जना सहभागी भएका छन् । कार्यक्रमअन्तर्गत नेपाल प्रहरीले विभिन्न स्थानमा कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सचेतनामूलक सन्देशसहितको माइकिङ, सवारी साधनको जाँच, सचेतनामूलक प्लेकार्ड प्रदर्शनलगायत कार्यक्रम गरिरहेको छ । यस्तै भीडभाड नगर्न, अनावश्यकरुपमा घर बाहिर हिँडडुल नगर्न, स्वास्थ्य सुरक्षाका मापदण्ड पालनाका अनुरोध गर्दै हिँडेको छ ।

अघिल्लो दिन ३३ हजार ७१५ जनालाई होल्डिङ जोनमा राखी मास्क लगाएर हिँड्ने सर्तमा छाडिएको छ । सोही अबधीमा तोकिएको मापदण्ड उल्लङ्घन गर्ने एक हजार ८६ जनालाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको र १० हजार ७९४ जनालाई निःशुल्क मास्क वितरण गरेको प्रहरीले जनाएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group