ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भेरी अस्पतालमा “गम्भीर बिरामीले पनि पालो पाउन कुनै बिरामी डिस्चार्ज हुनुपर्छ या त कसैको मृत्यु”


एबीसी / संवाददाता
२० बैशाख २०७८, सोमबार   ७ : २३   बजे

काठमाडौं, २० बैशाख । बाँकेमा फैलिएको कोरोना महामारीप्रति प्रदेश र संघीय सरकार संवेदनशील बन्न नसकेको गुनासो स्वास्थ्यकर्मीहरूले गरेका छन् । नेपालगन्जस्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मीको ठूलो पंक्ति नै संक्रमित भएपछि मेडिकल टिम माग गरिए पनि नपठाइएको गुनासो गरेका छन् ।

‘बिरामीको चापलाई सीमित चिकित्सकले थेग्न सकिँदैन,’ भेरी अस्पतालका मेडिकल अधिकृत तथा फिजिसियन डा. राजन पाण्डेले भन्नुभयो, ‘महामारीलाई आपत्कालीन रूपमा सम्बोधन गरिनुपर्थ्यो । भनिरहेका छौं, कराइरहेका छौं तर केन्द्र र प्रदेश सरकारले ध्यान दिएका छैनन् ।

भेरी अस्पतालमा अहिले एउटै नर्सिङ स्टाफले ३० जनाभन्दा बढी बिरामी हेर्नुपरिरहेको छ । चिकित्सकहरूका अनुसार एक नर्सिङ स्टाफले एक जना बिरामीलाई हेर्नुपर्ने हो । आफू संक्रमित हुँदाहुँदै पनि उनीहरू ड्युटीमा खटिएका छन् । जनशक्ति अभाव भएकैले एक जनाले १६ घण्टासम्म खटिनुपरेको छ । ‘एउटा नर्सले दर्जनौंलाई हेर्नुपर्ने स्थिति छ । आईसीयू र भेन्टिलेटरका बिरामीलाई झन् धेरै केयर चाहिन्छ,’ भेरी अस्पतालकै कोभिड वार्डमा कार्यरत नर्सिङ अधिकृत शिला शर्माले भन्नुभयो , ‘स्थिति धेरै गाह्रो भइसकेको छ । यस्तो भयावह स्थितिमा पनि थप जनशक्ति नपठाउँदा संकट झन् बढेको छ ।’अन्य बिरामी भएको भए एउटै नर्सिङ स्टाफले १५र२० जनासम्म बिरामी हेर्न सक्छन् । तर कोभिडका बिरामी संवेदनशील हुन्छन् । उनीहरूलाई अक्सिजन दिइरहनुपर्छ । सुईबाट औषधि दिनुपर्छ । ‘ज्वरो मापनदेखि अक्सिजन लेभलसम्म निगरानी गरिरहनुपर्छ,’ नर्सिङ अधिकृत शर्माले भन्नुभयो । अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रकाश थापाले कोभिड वार्डको क्षमताभन्दा दुई गुणा बढी बिरामी भर्ना भएपछि थेग्न नसक्ने अवस्था आएको बताउनुभो । ‘कोभिड वार्ड १ सय ४२ बेडको छ । तर, क्रिटिकल बिरामी आएपछि बेड थपेर राख्नुपर्ने बाध्यता छ,’ उहाँले भन्नुभयो ‘स्थिति भयावह भइसक्यो । संक्रमित भएका स्वास्थ्यकर्मीले आराम गर्न पाएका छैनन् । बिरामीको सेवामै छन् ।’

अस्पतालमा कोरोनाका बिरामीको चाप थेग्नै नसक्ने गरी बढ्नुका साथै उपचारमा संलग्न चिकित्सकसहितका स्वास्थ्यकर्मी संक्रमित भएपछि केन्द्र सरकारसँग चिकित्सकसहितको मेडिकल टिम माग गरिएको थियो । अस्पतालको मागपछि संघीय सरकारले चिकित्सकसहित ८० स्वास्थ्यकर्मीका लागि ६८ लाख रुपैयाँ विनियोजन गरेको थियो । अस्पताल प्रशासनले तीन दिनभित्र जनशक्ति भर्ना गर्न वैशाख १३ गते विज्ञापन गर्‍यो । तर नर्सिङ अधिकृत, नर्सिङ स्टाफ, ल्याबबाहेक मेडिकल अधिकृतहरूमा माग गरेको अनुपातमा कसैले निवेदन दिएनन् । अस्पताल प्रशासनले एनेस्थेसियोलोजिस्ट तीन, मेडिकल अधिकृत १०, नर्सिङ अधिकृत दुई, ल्याब टेक्निसियन ५ र स्टाफ नर्स ४० जना करारमा माग गरेको थियो ।
अस्पतालमा कोरोनाका बिरामीको उपचारमा खटिएका ८ चिकित्सकसहित ७० भन्दा बढी स्वास्थ्यकर्मी आफै सक्रमित भएका छन् । उनीहरूले नै संक्रमितको उपचार गरिरहेका छन् । कोरोनाको महामारीले भयावह स्थिति उत्पन्न भइसक्दा पनि चिकित्सकलगायत स्वास्थ्यकर्मी नथपिएका कारण अस्पताल प्रशासनले चाहेर पनि सेवा दिन सकिरहेको छैन ।जटिल अवस्थाका संक्रमितबाहेकलाई अस्पतालले भर्ना गर्न छाडेको छ । भेरी अस्पतालको कोभिड आइसोलेसन बिरामीले भरिएको छ । अस्पतालमा २ सय ९२ जना संक्रमित भर्ना गरिएको छ । इमर्जेन्सी कक्षमा बेड पर्खिनेको संख्या उत्तिकै छ । गम्भीर बिरामीले पनि पालो पाउन कुनै बिरामी डिस्चार्ज हुनुपर्छ या त कसैको मृत्यु कुर्नुपर्छ ।अस्पतालका कोरोना स्रोतव्यक्ति तथा फिजिसियन डा। संकेत रिसालका अनुसार मेडिकल अधिकृतमा दुइटा मात्रै दरखास्त परेको छ । ‘हामीलाई मुख्य कुरा डाक्टर चाहिएको थियो । मुख्य पदमा नै दरखास्त परेन,’ उनले भने, ‘यो महामारीको समयमा दुई महिनाको करारमा बोलाएर हुँदैन । प्रोत्साहन र स्थायी पद्धति विकास गर्न जरुरी छ ।’

कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group