काठमाडौं, २० बैशााख । रामेछापको उमाकुण्ड गाउंपालिका २ बाम्तीको लहरेटोलमा भएको सोमबार बिहान भएको आगलागीमा परी दम्पतीको घर भित्रै जलेर मृत्यु भएको छ ।
आगलागीमा परेर ७८ वर्षीय धनबहादुर कार्की र श्रीमती ६८ वर्षीया सीता कार्कीको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठका अनुसार आगो लागेको थाहा पाउनेबित्तिकै त्यही घरमा सुतेका माइलो छोरा मनोहर कार्की झ्यालको ग्रिल फोरेर हाम फालेका ज्यान जोगाउनुभएको थियो । मनोहर र नजिकै घर भएका ज्वाइँ मिलेर गर्भवती श्रीमती र ३ वर्षकी छोरीलाई निकाल्नु भएको थियो । अर्को कोठातर्फ आगो दन्किएकोले बाबुआमालाई भने निकाल्न नसकेको स्थानियबासीले बताएका छन्। प्रहरीले घटनास्थलको मुचुल्का गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्