ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेलायती प्रधानमन्त्रीलाई गोर्खा सत्याग्रह अभियानको पत्र


एबीसी / संवाददाता
२२ बैशाख २०७८, बुधबार   ९ : ०८   बजे

काठमाडौं, २२ बैशाख ।  बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई बेलायलतमा रहेका भूतपूर्व गोर्खा सैनिकहरूको सङ्गठन गोर्खा सत्याग्रह अभियानले मङ्गलबार एक ज्ञापनपत्र पठाएको छ । बेलायती सरकार, नेपाल सरकार तथा गोर्खा सङ्गठनका प्रतिनिधिहरु सम्मिलित संयुक्त प्राविधिक प्रतिवेदन दुवै सरकारलाई बुझाएको तीन वर्ष पूरा भइसकेको तर अहिलेसम्म त्यसलाई सम्बोधन नगरिएको गोर्खा सत्याग्रह अभियानका संयोजक कृष्णकुमार राईले बताउनुभयो ।

ज्ञापनपत्रमा बेलायती सेनाबाट सेवानिवृत्त भूतपूर्व गोर्खा सैनिकहरुको समान पेन्सनलगायतका मागलाई सम्बोधन गर्न नेपाल तथा बेलायती सरकारबीच एक वार्ता समिति गठन गर्न, वार्तास्थल तोक्न तथा वार्तासमेत शुरु गर्न माग गरिएको छ ।

पत्रमा आगामी जुलाई १ सम्ममा मागहरु सम्बोधन नगरिए आमरण अनशन बस्ने चेतावनी दिइएको छ । पत्रमा गोर्खा सैनिकहरुले ब्रिटिश इन्डिया र बेलायती सरकारका लागि गरेको बलिदानीको प्रशंसा गर्ने गरिएको तर त्यसअनुसारको व्यवहार नभएको उल्लेख गरिएको छ ।

अभियानका निर्देशक ज्ञानराज राईले भन्नुभयो, “हामीले तीन वर्ष पर्खिसक्यौँ, यही बीचमा बेलायतमै कति गोर्खालीको निधन भइसक्यो, हामी मर्न तयार छौँ, अब थप पर्खन सक्दैनौँ, समान अधिकार पाए धेरै नेपाली नेपाल फर्कन चाहन्छन ।”सन् १९९७ भन्दा पहिले सेवानिवृत्त भएका भूतपूर्व गोर्खा सैनिकहरुले आफुूहरूलाई पेन्सनलगायतका विषयमा भेदभाव गरिएको बताउँदै आएका छन् । गत मार्च महिनामा पनि गैरआवासीय नेपाली सङ्घ युकेको गोर्खा विभागको पहलमा गोर्खा सत्याग्रह, गेसो, बीजीडब्लुएसलगायत छ वटा गोर्खा सङ्गठनले बेलायती प्रधानमन्त्री तथा नेपाल सरकारलाई दुई देशबीच वार्ता शुरु गर्न माग गर्दै छुट्टाछुट्टै ज्ञापनपत्र पठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

सम्बन्धित

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu