ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सैनिक स्वास्थ्यसेवाबाट अवकाश लिएकालाई तयारी रहन निर्देशन


एबीसी / संवाददाता
२२ बैशाख २०७८, बुधबार   ९ : १५   बजे

काठमाडौँ, २२ वैशाख । नेपाली सेना मुलुकमा बढिरहेको कोभिड–१९ संक्रमण रोकथामका लागि विभिन्न योजनाका साथ आवश्यक तयारीमा जुटिरहेको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि निर्वाह गर्नुपर्ने थप भूमिकाको पूर्वानुमान एवं कार्यान्वयनका लागि सेनाले विभिन्न योजना तर्जुमा एवं आवश्यक तयारी गरिरहेको छ ।

सोही क्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाका अध्यक्षतामा बसेको विशेष बैठकले विसं २०७२ पछि सेनाको स्वास्थ्य सेवाबाट अवकाशप्राप्त स्वास्थ्यकर्मीलाई राष्ट्रलाई आवश्यक परेका बखत सेवामा पुनः आउन सक्ने गरी तयारी हालतमा रहन आग्रह गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाको स्वास्थ्य सेवाबाट उक्त अवधिमा अवकाश हुनेको संख्या ३२० हाराहारी छ । सेनामा उपरथी दर्जाका नेतृत्वमा रहेको स्वास्थ्य निर्देशनालय छ । हाल सेनाको स्वास्थ्य सेवा विभागमा दुई हजारभन्दा बढी जनशक्ति कार्यरत रहेको जनाइएको छ ।

सेनाको हाल बाहिनी मातहतका १६ फिल्ड एम्बुलेन्स अस्पताल, इटहरी, पोखरा र नेपालगञ्जमा क्षेत्रिय अस्पताल तथा धनगढी र बर्दिबासमा सेटलाइट अस्पताल सञ्चालनमा छन् । काठमाडौँको छाउनीस्थित वीरेन्द्र अस्पताल र महाङ्कालमा त्रिचन्द्र मिलिटरी अस्पतालले समेत दुर्घटना तथा अन्य आपत्कालीन अवस्थामा सर्वसाधारणलाई मानवीयरुपमा स्वास्थ्योपचार सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group