ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नवनियुक्त प्रदेश प्रमुख पौडेलबाट पदभार ग्रहण : प्रदेश प्रमुखको अभिव्यक्तिप्रति तीन दलको आपत्ति


एबीसी / संवाददाता
२२ बैशाख २०७८, बुधबार   ९ : ५६   बजे

गण्डकी प्रदेश , २२ वैशाख । गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज पदभार ग्रहण गर्नुभएको छ । प्रदेशको राजधानी पोखरास्थित प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गर्दै प्रदेश प्रमुख पौडेलले आफू प्रदेशको अभिभावकका रुपमा रही ऐन, नियम र कानूनको परिधिलाई ध्यानमा राखेर हरेक परिस्थितिमा सहजीकरण गरी अभिभावकीय जिम्मेवारी पूरा गरिने बताउनुभयो । यता  प्रदेश प्रमुख  पौडेलले दिएको अभिव्यक्ति गैरसंवैधानिक भन्दै विपक्षी तीन दलले आपत्ति जनाएका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले विज्ञप्ति निकाल्दै आपत्ति जनाएका हुन् । बुधबार पदभार गर्ने क्रममा बोल्दै प्रदेश प्रमुख पौडेलले सभामुखको राजीनामा माग गर्नुभएको थियो । प्रदेश प्रमुख निष्पक्ष हुनुपर्ने र राजनीतिक विषयमा बोल्न नहुने भए पनि पौडेलले भने गण्डकी सरकारविरुद्ध ल्याएको अविश्वासको प्रस्ताव निष्क्रिय रहेको प्रतिक्रिया दिनुभएको थियो । उहाले प्रतिपक्षको संवैधानिक कार्यबाट अतालिएर सत्तापक्षको पक्षपोषण हुने गरी दिएको अभिव्यक्ति अस्वाभाविक र चिन्ताजनक रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यस्तै संविधानको कुन धारा, उपधारा र ऐनले अविश्वासको प्रस्ताव निष्क्रिय छ यस विषयमा प्रदेश प्रमुखले स्पष्ट पार्नुपर्ने बताउँदै प्रदेश प्रमुख पदको उल्लंघन भएको विज्ञप्तिमा उल्लेख छ ।

विपक्षी दलले पदको मर्यादा हुने गरी काम गर्न प्रदेश प्रमुखलाई सुझाएका छन् । संविधानको धारा १८८ को उपधारा २ ले मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थालाई उल्लंघन गरेको र हिउँदे अधिवेशन पनि अन्त्य गरेपछि अविश्वासको प्रस्ताव ल्याउन बाध्य भएको विपक्षी दलको भनाइ छ । विज्ञप्तिमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान र जसपा संसदीय दलका धनमाया लामाले हस्ताक्षर गर्नुभएको छ । सङ्घीय सरकारका सिफारिसमा राष्ट्रपतिबाट यही वैशाख २० गते प्रदेश प्रमुखको शपथ ग्रहण गर्नुभएका पौडेल मंगलबार पोखरा आउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज कोशी, लुम्बिनी, बागमती र गण्डकी प्रदेशका एकरदुई ठाउँमा ठूलो वर्षाको सम्भावना

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

सम्बन्धित

आज कोशी, लुम्बिनी, बागमती र गण्डकी प्रदेशका एकरदुई ठाउँमा ठूलो वर्षाको सम्भावना

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

बिजुलीको कर हटाउँदै बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्याम, आर्थिक सुधारदेखि आवाससम्मका महत्वाकांक्षी योजना

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu