ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कालोबजारी भएको गुनासो बढेपछि रौतहटमा बजार अनुगमन


रुपेन्द्र पटेल
२३ बैशाख २०७८, बिहिबार   ७ : ३३   बजे

रौतहट, २३ बैशाख । बन्दाबन्दी तथा निषेधाज्ञाको मौका छोपी रौतहटको बजारमा कालोबजारी भएको गुनासो बढेपछि रौतहटमा बजार अनुगमन सुरु भएको छ । जिल्लाको चन्द्रपुर नगर क्षेत्रका बजारमा अनुगमन सुरु भएको हो । बिहीवार बजार अनुगमनमा चन्द्रपुर नगरपलिकाकी उप–मेयर रामरती चौधरी, चन्द्रपुर नगरपालिकाका अधिकृत मिश्रीलाल साह, उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला अध्यक्ष टिका घिमिरे, खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय मलंगवा, सर्लाहीका प्रमुख जगत प्रकाश चौधरी, चन्द्रपुर उद्योग वाणिज्य संघका महासचिव सुनिल कुमा साह, इलाका प्रहरी र प्रशासन कार्यालय चन्द्रनिगाहपुरका प्रतिनिधिहरु द्धारा बजार अनुगमन गरिएको हो ।

अनुगमनको क्रममा बालचनपुर तथा डुमरियाका विभिन्न पसलबाट म्याद गुज्रिएको तथा अखाद्य बस्तु बरामद भएको खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय मलंगवा, सर्लाहीका प्रमुख जगत प्रकाश चौधरीले जानकारी दिनुभयो । बजार अनुगमन टोलिलाई आएको थाहा पाउने बित्तिकै सो स्थानका केही पसलेहरुले पसको सटर झारेर फरार भएको चन्द्रपुर नगरपालिकाका अधिकृत मिश्रीलाल साहले बताउनुभयो । अनुगमनको क्रममा फेला परेको म्याद गुज्रिएका समाग्री तथा अखाद्य बस्तु अनुगमन सकेपछि नष्ट गर्ने चन्द्रपुर नगरपालिकाकी उप प्रमुख राम रती चौधरीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

सम्बन्धित

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu