ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सङ्क्रमितको उपचार नगरी फर्काइदियो : बिरामी जङ्गल छेउका टहरामा


एबीसी / संवाददाता
२३ बैशाख २०७८, बिहिबार   ८ : २१   बजे

काठमाडौं, २३ बैशाख। जुम्लाको सिंजा गाउँपालिका – २ का कोरोना सङ्क्रमित स्थानीयवासिलाई पालको बासमा राखिएको पाइएको छ । सङ्क्रमितलाई अस्पतालको आइशोलेसन श्यमा राख्नुपर्ने अवस्थामा बस्ने ठाउ नभएर जङ्गलको छेउमा टहरा बनाएर बसिरहेको व्यवस्थामा भेटिएका छन् ।

सिंजा गाउपालिका –२ का कोरोना सङ्क्रमित चन्द्रवीर तिरुवालाई अस्पातलले घर पठाइ दिएपछि अहिले उनी पालमा बसिरहेका छन् । घरमा छुट्टै बस्ने संरचना नभएपछि जंगलको छेउमा पाल बनाएर बसेका हुन् ।

तिरुवालाई उपचारार्थ सो गाउँपालिकाले नौ दिन अगाडि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचारार्थ पु¥याएको थियो । अस्पतालमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि श्यया हुँदाहुदै घर पठाईदिएको उहाँले आक्रोस पोख्नुभयो । अस्पतालको श्यामा बसेर सजिलो होला भनेको त घर पठाइदिने निर्णय गरेपछि त्यहाँको नियम र व्यवहार प्रति आफु अपहेलित भएको उहाँले बताउनुभयो । उहाँ भन्नुभयो,“ प्रतिष्ठानका चिकित्स्कले मलाई स्थानीय तहको आइसोलेशन श्ययामा राख्नुपर्ने भनेर फर्कादिए । म जस्ता व्यक्तिहरुलाई त यस्तो गर्छन, अरुलाई के गरे होलान् ।” त्यहाँ पुगको राष्ट्रिय मानव अधिकार आयोग र पत्रकार महासङ्घको टोलीलाई गुनासो गर्दे उहाँले कोरोना सङ्क्रमितलाई आइशोलेसनमा बस्ने व्यवस्था गर्न पहल गरिदिन अनुरोध गर्नुभयो ।

सिंजा – २ का वडाध्यक्ष नविन शर्माले भन्नुभयो “ हामीले कोरोनाको शंका मानेर प्रतिष्ठानमा स्वास्थ्य जाँच गर्न पठायौँ । बिरामी फिर्ता पठाइदिएपछि हामीलाई हैरान भयो । गाउँमा दौडादौड हुन्छ । ”उहाँले आइशोलेसन हुने प्रकारका घर र संरचना नभएको बताउनुभयो । गाउँपालिकामा पाँच श्ययाको अस्थायी कोभिड अस्पताल रहेको गाउँपालिका स्वास्थ्य संयोजक नरबहादुर रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो,“सङ्क्रमित व्यक्ति राख्ने भन्ने सोच हो । पूर्वाधार छैन । अक्सिजन र अन्य सामाग्री अस्पतालमा नभएकाले समस्याले यो समस्या खडा भएको हो । ”

बिरामीलाई रगतमासी देखिएको भनेपछि औषधी पठाएको गाउँपालिको स्वास्थ्य शाखाले जनाएको छ । प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डा राजिव शाहका अनुसार प्रतिष्ठानले अव श्वासप्रश्वास बिना बाच्न नसक्ने बिरामीका लागि मात्रै भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था आएको जानकारी दिनुभयोे । उहाँले भन्नुभयो,“लक्षण भएका तर कठिन नभएका बिरामीलाई स्थानीय स्तरमै व्यवस्थापन गर्दा हामी जोखिममा नहुने र कठिन परिस्थितिका विरामी अहिले भर्नादर बढिरहेकाले अस्पतालका श्यया अक्सिजन आवश्यक पर्ने कोरोना रोकथामका बिरामीलाई आवश्यक रहेको छ ।”

अहिले प्रतिष्ठानमा ६६ सङ्क्रमित मध्ये ११ जना अक्सिजन आवश्यक पर्ने बिरामीको उपचार भइरहेकोे छ । सरकारले बनाएका आइशोलेसन खाली हुँदा पनि भिन्नै पाल बनाएर बसेको जानकारी आएपछि राष्ट्रिय मानव अधिकार आयोगको टोली सो स्थानमा पुगेर अनुगमन गरेको थियो । आयोगको अनुगमन टोलीले सङ्क्रमित बसेको स्थानमा ३० मिटर टाढाबाट आवश्यक सुरक्षामापदण्ड अपनाएर पालमा बसेका सङ्क्रमति तिरुवाको अवस्था अवलोकन गरेको हो । आयोग अधिकृत धनराज शाही र किरण बराम सहित पत्रकार महासंघको टोली पुगेर पालको बसाइ र अवस्थाका बिषयमा आफन्तसंग बुझेको छ । यसका साथै आयोगको अनुगमन टोलीले कोरोना रोकथामका लागि स्थानीय सरकारले गरेको तयारी, समस्या र चुनौतिका बिषयमा सिजा क्षेत्रको हिमा, सिंजा गाउँपालिकाका जनप्रतिनिधीहरु संग भेटघाट गरी अवस्था अवलोकन गरेको छ ।

अस्पताल र आइशोलेसन हुँदा पनि सङक्रमित मानिस पालमा बस्नु दुर्भाग्य भएको आयोगका सूचना अधिकारी किरण बरामले बताउनुभयो । अधिकृत शाहीले स्थानीय तहमा परीक्षणका लागि कीट अभाव भएको पाइएको बताउनुभयो । सिंजा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले सिंजा क्षेत्रमा सुरक्षा जनशक्ति कम भएको, डाक्टर आउन नमान्ने भएकाले समस्या भएको जानकारी दिनुभयो । गत बर्षकै जस्तो कोभिड रोकथामका लागि गाउँपालिका तयारी भएको गाउँपालिकाले जनाएको छ ।हिमा गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाले वडाध्यक्षलाई वडामा सूचना सम्पर्क व्यक्तिको रुपमा तोकिएको र कुन गाउमा को आउछन सो अनुसार तथ्यांक अद्यावधिक गर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाले स्वास्थ्य जनशक्ति परिचालन गरिएको र जाँचका लागि कीटको अभाव भइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group