ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वर्तमान सरकारलाई विश्वासको मत नदिनुपर्ने कुनै कारण छैन – प्रधानमन्त्री ओली


एबीसी / संवाददाता
२७ बैशाख २०७८, सोमबार   २ : २१   बजे

काठमाडौं, २७ बैशाख ।  प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तामान सरकारलाई विश्वासको मत नदिनुपर्ने कुनै कारण नरहेको दाबी गर्नुभएको छ । प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले उल्लेख्य काम गरेकोले सरकारलाई विश्वासको मत नदिनुपर्ने कुनै कारण नरहेको बताउनुभयो ।

सरकारले सबै पक्षसँग छलफल गर्न तयार रहेको भन्दै उहाँले औचित्य र आवश्यकताको आधारमा संविधान संशोधन गर्न आफू तयार रहेको बताउनुभयो । अब विभाजनको राजनीति समाप्त भइसकेको भन्दै उहाँले देशको सार्वभौमसत्ता, स्वाधीनता भौगोलिक अखण्डतामा अब कुनै विवाद नरहेको बताउनुभयो ।

दोषी को हो भनेर अनुहार हेरेर कारबाही गर्ने कि नगर्ने भनेर सरकारले नहेर्ने भन्दै उहाँले अराजनीतिक र गैरकानुनी काम गर्नेहरूलाई सरकारले अनुहार हेरेर छाड्ने काम नगर्ने बताउनुभयो । अहिलेको सरकारले शान्ति र सुव्यवस्थाको अवस्था राम्रो बनाएको भन्दै सत्यलाई स्वीकार गरेर अघि बढ्न तयार हो भने सबैले अहिलेको सरकारलाई विश्वास दिनुपर्ने ओलीले बताउनुभयो । यसैका लागि संसदमा आफूले विश्वासको मत लिन चाहेको उहाँले बताउनुभयो ।

राजमार्ग, झोलुङ्गे पुल, सुरुङ मार्गसहित विकास निर्माणका काममा पनि अहिलेको सरकारले उल्लेख्य प्रगति गरेको ओलीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu