ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोभिडविरुद्धको अभियानमा सरकारका प्रयासमा सहयोग होस्ः प्रधानमन्त्री


एबीसी / संवाददाता
२७ बैशाख २०७८, सोमबार   २ : ४१   बजे

काठमाडौं, २७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्धको अभियानमा सरकारका प्रयासमा साथ र सहयोग दिन आह्वान गर्नुभएको छ । आफूमाथि विश्वास छ भन्ने स्पष्ट गर्न आह्वान गरिएको प्रतिनिधिसभाको अधिवेशनलाई सम्बोधन गर्दै उहाँले कोरोना नियन्त्रण गर्ने अभियानमा एक जुट भई रोगलाई पराजित गर्ने उत्तरदायित्व वहन गर्र्न सबैसँग आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “विश्व समुदाय नै कोराना संक्रमणले व्याप्त छ, हामी पनि लडाइँ लडिरहेका छौँ । सरकारको ध्यान रोकथाम र उपचारमा केन्द्रित हुँदै आवश्यकताअनुसार लडाइँका कदमलाई विभिन्न ढंगले प्रभावकारी रुपमा अघि बढाइरहेको छ ।”

यति बेला सबै कोरोनाविरुद्धका लडाइँमा पक्ष र विपक्ष नभई सिद्धान्त र विचारलाई छाडेर भिन्नतालाई थाती राखेर एक जुट हुनुपर्ने औँल्याउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “तर दुःखका साथ भन्नुपर्छ हामी त्यसरी जान सकेनौँ, हाम्रा गतिविधि, चिन्तन र प्रयास जे कुरामा केन्द्रित हुनुपथ्र्यो, त्यो हुन सकेन ।”

सरकार कोभिड र विकासका विषयमा केन्द्रित खोज्दा पनि सरकारले अनेकाँै लाञ्छना र आरोप खेप्नु परेको बताउँदै उहाँले औषधि खरीदका नाममा भ्रष्टाचार गरियो भनी प्रधानमन्त्री र सरकारमाथि हिलो छ्याप्ने काम भएकामा आपत्ति जनाउनुभयो ।

औषधि खरीदमा भ्रष्टाचार भएको पाइएमा सरकार छानबिन गरी जस्तोसुकै कारवाही गर्न तयार रहेको बताउँदै प्रधानमन्त्री ओलीले सरकारको सम्पूर्ण ध्यान कोरोना नियन्त्रणलाई केन्द्रित गरेर नयाँनयाँ अस्पताल र शय्या तयार गर्ने काम भइरहेको छ भन्नुभयो ।

अन्तरराष्ट्रिय समुदायमा नेपालको स्थान स्वर्णकाल देखाउनलायक अवस्थामा पु¥याइएको उहाँले बताउनुभयो ।विश्वासको मत लिने सन्दर्भमा यस पटकको विशेष व्यवस्थाका रुपमा कोरोना प्रभावित सांसदका लागि बेग्लै कक्षमा मतदानको व्यवस्था छ । यसअघि प्रधानमन्त्री ओलीले विश्वासको मत लिन संविधानको धारा १०० को उपधारा ९१० अनुरुप प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

प्रधानमन्त्रीले कुनै पनि बखत आफूमाथि प्रतिनिधिभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक वा उपयुुक्त ठानेमा विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्न सक्ने संवैधानिक व्यवस्था छ ।मन्तव्यका क्रममा प्रमले प्रस्तावका पक्षमा मतदान गर्न सांसदसँग आग्रह गर्नुभयो । प्रधानमन्त्रीको प्रस्तावमाथि केन्द्रित रही दलीय प्रतिनिधित्वका आधारमा सदस्यले आआफ्ना धारणा राख्नुहुनेछ । सांसदको धारणा र उठाइएको प्रश्नमा प्रधानमन्त्री ओलीले जवाफ दिनुहुने छ ।

प्रधानमन्त्रीको जवाफपछि विश्वासको मतका लागि मत विभाजनसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने छ । मत विभाजनका क्रममा हुन्छ, हुन्न र दिन्न भन्ने तीन थरि मत जाहेर गर्ने व्यवस्था हुने छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेकाले प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

सम्बन्धित

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन: प्रदर्शनमा प्रहरी दमन

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

युक्रेनी राष्ट्रपतिले किन हटाए सेना प्रमुख ?

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu