ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वासको मत नपाए मार्ग प्रशस्त : प्रधानमन्त्री ओली


एबीसी / संवाददाता
२७ बैशाख २०७८, सोमबार   ५ : ०४   बजे

काठमाडौं, २७ बैशाख ।  प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले आदेश दिए आफूले मार्गप्रशस्त गर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले आफूले अस्थिरताका लागि नभइ स्थिरताका लागि विश्वासको मत मागेको बताउनुभयो । ‘यो संसदले सुविचारित ढंगले निर्णय गरोस् । संसदले विश्वास गर्दैन भने मैले मार्गप्रशस्त गर्नैपर्छ’, ओलीले भन्नुभयो । सरकारलाई काम गर्न नदिने र विकल्प पनि नदिने प्रयत्नका विरुद्ध आफू विकल्प बोकेर आएको बताउनुभयो । ‘अढाई महिनादेखि मेरो विरोध भएको देख्छु तर विकल्पमा कोही आउँदैन ।

विरोध गरेको छ विकल्प दिएको छैन । म राजीनामा गर्थे नि, बहुमत छ आफूसंग कसरी राजीनामा दिनु ? मैले विश्वासको मत लिन्छु भनेपछि मात्रै समर्थन फिर्ता गरियो’, ओलीले भन्नुभयो । अध्यादेशबाट देश चलायो भन्ने आरोपको जवाफमा प्रधानमन्त्री ओलीले अध्यादेश संवैधानिक व्यवस्था रहेको स्मरण गराउनुभयो । ‘अध्यादेश संवैधानिक विषय हो । संसदलाई आवश्यक लागेन भने भोलि फेल गरे भैगो नि’, ओलीले भन्नुभयो । संसद विघटनको लागि बाटो बनाएको आरोप निराधार रहेको भन्दै प्रधानमन्त्री ओलीले शंका लागेको भए विश्वासको मत दिएर संसद विघटनको प्रयास असफल बनाउन ओलीले आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu