ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उदयपुरका एक जना कार्यालय प्रमुख सहित तीन जनाको कोरोना संक्रमणबाट मृत्यु


एबीसी / संवाददाता
२८ बैशाख २०७८, मंगलबार   ११ : ३८   बजे

काठमाडौं, २८ बैशाख । कोरोना सङ्क्रणबाट उदयपुरमा एक जना कार्यालय प्रमुख सहित तीन जनाको मङ्गलबार मृत्यु भएको छ । उदयपुरका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाइका अनुसार सिरहाको लहान बजारमा घर भएका ३४ वर्षिय ती कार्यालय प्रमुख यहि वैशाखको पहिलो साता कार्यालयबाटै कोरोना भाइरसबाट सङ्क्रमित भएपछि उपचारका लागि काठमाडौंको टिचिङ्ग अस्पतालमा भर्नाहुनु भएकोमा उपचारकै क्रममा उहाँको सोमवार राती मृत्यु भएको हो ।

दुईवर्ष पहिले मात्रे वैवाहिक जीवन शुरु गर्नुभएको उहाँको यहि वैशाख १३ गते पहिलो सन्तानको रुपमा छोरा जन्मिएको सो कार्यालयका एक कर्मचारीले बताउनुभयो । त्यसैगरी कोरोनाबाट सङ्क्रमित भएका त्रियुगा नगरपालिका वडा नं ८ का ५४ बर्षिय पुरुषको विराटनगरस्थित नोवेल अस्पतालमा मृत्यु भएको छ ।

ज्वरो र रुघाखोकी लागेपछि उपचारका लागि बैशाख २३ गते अस्पताल भर्नाहुनु भएका उहाँलाई कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि वार्डमा भर्ना गरी उपचार गरिएको नोवेल अस्पताल विराटनगरका प्रबन्धक नारायण दाहालले बताउनुभयो । उहाँकोे मङ्गलबार बिहान बिहान सवा ५ वजेको समयमा मृत्यु भएको प्रवन्धक दाहालले बताउनुभयो ।

त्यसैगरी विराटनगरस्थित कोसी अञ्चल अस्पताल कोभिड फोकलपर्सन वैजनाथ साहका अनुसार उदयपुरको त्रियुगा नगरपालिका वडा नं ५ की ५० बर्षिया महिलाको उपचारको क्रममा मृत्यु भएको छ । कोरोना पोजेटिभ भएको र श्वासप्रश्वासमा समस्या देखिएपछि वैशाख २६ गते उपचारका लागि कोभिड अस्पतालमा भर्ना गरिएकोमा उपचारकै क्रममा मङ्गलबार बिहान १ः३० बजे निजको मृत्यु भएकोउहाँले बताउनुभयो ।
यो सँगै उदयपुरमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । सोमवारसम्म उदयपुर जिल्लामा कोरोना भाइरसको संक्रमितको संख्या दुईसय ३९ पुगेको छ । त्यसमध्ये पुरुष एकसय ३५ र महिला एकसय

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group