ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुम्बिनीमा सोमबारयता कोरोनाले थप २२ को मृत्यु


एबीसी / संवाददाता
२८ बैशाख २०७८, मंगलबार   ११ : ४५   बजे

काठमाडौं, २८ बैशाख । लुम्बिनी प्रदेशमा सोमबार अपराह्नयता कोरोनाले थप २२ जनाको मृत्यु भएको छ । बाँकेका भेरी अस्पताल र कोहलपुर मेडिकल कलेज तथा बुटलवको कोरोना अस्पतालमा उपचारका क्रममा उनीहरूको ज्यान गएको हो । बाँकेमा सोमबार अपराह्नदेखि मंगलबार बिहान साढे ५ बजेसम्ममा १२ जनाको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेजबहादुर वलीले जानकारी दिनुभयो । ६ जना बर्दिया, पाँच जना बाँके, एक जना रुकुमपूर्वका छन् ।
नेपालगन्ज उपमहानगरपालिका–१० का ६८ वर्षीय पुरुष, बर्दियाको बासगढी नगरपालिका–९ का ७३ वर्षीय पुरुष, बर्दियाको गुलरिया नगरपालिका–६ का २१ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ । भेरीमै रुकुमपूर्वको सिस्ने गाउँपालिका–३ का ५३ वर्षीय पुरुष, बर्दियाको बारबर्दियाकी ६३ वर्षीया महिला, खजुरा गाउँपालिका–३ का ५२ वर्षीय पुरुष, जानकी गाउँपालिका–४ की ४५ वर्षीया महिला, बर्दियाको बढैयाताल–३ की ७८ वर्षीया महिला र बढैयाताल गाउँपालिका–१ का ८५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

खजुरा गाउँपालिका–२ का ८८ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ । वैशाख २६ गते एन्टिजेन जाँच गरिएका उनको राति ११: १० बजे मृत्यु भएको हो ।त्यस्तै बर्दियाको बाँसगढी नगरपालिका–५ का ६० वर्षीय पुरुष र कोहलपुर नगरपालिका–८ का ६२ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ ।

त्यसै गरी रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८ जना पुरष र २ महिला छन् । अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार रुपन्देहीकी ५१ वर्षीया महिलाको मंगलबार बिहान ९ बजे, प्युठानको गौमुखी ७ का ५० वर्षीय पुरुषको बिहान ४ बजे, कपिलवस्तुको बुद्धभूमि–१ का ४० वर्षीय पुरुषको सोमबार राति साढे १२ बजे, रुपन्देहीको बुटवल ११ का ३६ वर्षीय पुरुषको राति १२ बजेर ४५ मिनेटमा, ४२ वर्षीय पुरुषको ९ बजे, कञ्चन गाउँपालिका–४ की ३६ वर्षीया महिलाको बिहान २ बजेर ५० मिनेटमा मृत्यु भएको हो ।

त्यस्तै बुटवल १७ का ७८ वर्षीय पुरुषको सोमबार बेलुकी ७ बजे, बुटवल–१२ का ६३ वर्षीय पुरुषको बेलुकी ९ बजे, रूपन्देहीको सैनामैना–३ का ४२ वर्षीय पुरुषको बेलुकी ८ बजे, कपिलवस्तुको चन्द्रौटा–७ का ३३ वर्षीय पुरुषको राति ११ बजे मृत्यु भएको उनले जानकारी दिए । उनीहरूमध्ये केही आईसीयू र केहीको आकस्मिक कक्षमा उपचार हुँदै थियो ।अहिले अस्पतालमा अक्सिजन अभाव भएकाले तत्काल जोहो गर्न नसकिए थप बिरामीको ज्यान जाने जोखिम रहेको गौतमले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

सम्बन्धित

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन: प्रदर्शनमा प्रहरी दमन

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

युक्रेनी राष्ट्रपतिले किन हटाए सेना प्रमुख ?

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu