ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नागरिकको स्वास्थ्य अवस्था गम्भीर अवस्थामा पुगेको भन्दै चिकित्सक संघले गर्यो रेड अलर्ट जारी


एबीसी / संवाददाता
२९ बैशाख २०७८, बुधबार   ६ : ५७   बजे

काठमाडौं, २९ बैशाख । नेपाल चिकित्सक संघले रेड अर्लट जारी गरेको छ । कोभिड १९ को संक्रमण बढ्दै गएपछि संघले नागरिकको स्वास्थ्य अवस्था गम्भीर अवस्थामा पुगेको निष्कर्षका साथ बुधबार देशभर रेड अर्लट घोषणा गरेको हो । बढ्दो संक्रमितको संख्यालाई नेपालको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्थामा पुगेको भन्दै संघले सरकार, राजनीतिक दल, नागरिक समाज, वुद्धिजीवी र सर्वसाधरणलाई एकजुट भएर महामारी विरुद्ध लड्न अपिल पनि गरेको छ । संक्रमितहरु अस्पताल आउन नपाएको, आएकालाई अस्पतालले फर्काएको,बचाउन सक्ने अवस्था हुदाहुदै अक्सिजनको अभावमा विरामीको ज्यान जाने गरेका लगायत हृदयविदारक दृश्यहरु देखिनु निकै पीडादायी भएको भन्दै संघले नागरिकको जीवन रक्षा भन्दा ठूलो अरु नभएको तर्फ सरकारको ध्यानाकर्षण गराएको छ । संघले कोभिडको पहिलो लहरमा नै आवश्यक स्वास्थ्य व्यवस्थाका तयारी नगर्ने हो भने भयावह अवस्था आउन सक्छ भनेर निरन्तर झकझकाईरहे पनि सरकार, राजनीतिक दल लगायत सरोकारवालाहरु गम्भीर नबन्दा ठूलो संख्यामा नागरिकले ज्यान गुमाउनु परेको जनाएको छ ।

संघका महासचिव डाक्टर बद्री रिजालले महामारी भयावह बन्दै गएकाले राजनीतिक जोडघटाउलाई बन्द गरी सरकारसंगै सबै वर्ग र तप्काहरु महामारी विरुद्धको लडाईमा एकजुट हुन आव्हान गरिएको बताउनुभयो । उहाँले महामारीमा नागरिकको जीवन रक्षा गर्न संघले देशभर रेर्ड अर्लट जारी गरी सबैलाई कोभिड विरुद्धको लडाईमा एकत्रित हुन अपिल गर्नुभयो । संघले स्वास्थ्य क्षेत्रमा देखिएका अभाव तुरुन्तै सम्बोधन गर्न र उपचारमा आवश्यक पर्ने अक्सिजन, बेड लगायत अत्यावश्यक सामाग्रीको उपलब्धता गराई नागरिकको जीवन रक्षा गर्न आग्रह गरेको पनि उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो “नेपाल चिकित्सक संघले राजनीतिक दलहरु लगायत सम्पुर्णलाई एउटा अपिल गरेको छ । कोरोनाको दोश्रो लहरमा मानिसहरु संक्रमित हुने र मृत्यु हुने दर बढ्दै गईरहेको अवस्थामा विरामीहरुले वेडको अभाव र अक्सिजनको अभावमा जीवन गुमाईरहेका छन् । यस्तो विषम परिस्थितिमा पनि देश र सरकारको ध्यान कोभिड महामारी भन्दा अन्यत्र गएको हुनाले सम्पुर्ण राजनीतिक दल, सरकार, बुद्धिजीवी, नागरिक समाजलाई अहिलेको विषय परिस्थितिमा कोरोना विरुद्ध लड्न र चेन तोड्नका लागि संघले रेर्ड अर्लट जारी गरेको छ । जनताको जीवन खतरामा रहेको छ । त्यसैले संघले सम्पुर्ण उपायहरु अबलम्बन गरी नागरिकको जीवनरक्षा गर्न अपिल गर्दछ । ”

उहाँले विषम परिस्थितिमा आफ्नो ज्यान जोखिममा राखेर उपचारमा खटिएका चिकित्सकमाथि हातपात भएको र त्यस्ता घटनाले चिकित्सकको मनोबल उच्च रहन नसक्ने भएकाले चिकित्सकमाथि हुने हातपातका घटना रोक्न र संलग्नलाई कारवाही गर्न सरकारसंग माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

सम्बन्धित

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन: प्रदर्शनमा प्रहरी दमन

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

युक्रेनी राष्ट्रपतिले किन हटाए सेना प्रमुख ?

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu