ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल पक्षका सांसदको राजीनामा टर्‍यो, ‘ओलीसँगको छलफल सकारात्मक’– नेता नेपाल


एबीसी / संवाददाता
३० बैशाख २०७८, बिहिबार   ७ : २२   बजे

काठमाडौं, ३० बैशाख ।   प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । ओली र नेपालबीच बिहीवार दिउँसो बूढानीलकण्ठमा एक व्यवसायीको घरमा छलफल भएको थियो ।

भेटवार्तापछि प्रतिक्रिया दिँदै वरिष्ठ नेता नेपालले कुराकानी सकारात्मक भएको र आफू पक्षका सांसदको राजीनामा आजका लागि टरेको जानकारी दिनुभयो । छलफलमा पार्टीलाई २०७५ सालको जेठ २ गतेकै अवस्थामा फर्काउन प्रधानमन्त्री ओली सकारात्मक रहेको नेता नेपालको भनाइ छ ।

बिहीवार बिहान बसेको स्थायी कमिटीको बैठकले माधव नेपालसहित चार जना नेताको कारबाही फुकुवा गरे पनि नेपाल पक्षले भने थप माग पूरा नहुञ्जेल साथ नदिन नसकिने बताइरहेको थियो । नेपाल पक्षका सांसदले आजै चार बजे राजीनामा दिने चेतावनी दिए पनि ओली र नेपालको भेटवार्ताका कारण राजीनामा टरेको छ ।

नेकपा एमालेले पार्टीभित्रको आन्तरिक विवाद मिलाउन कार्यदल गठन गर्ने भएको छ । दुई नेताबीच भएको भेटघाटमा पार्टीभित्रको अन्तरविरोधमा समाधान खोज्न कार्यदल गठन गर्ने सहमति भएको हो ।

नेता नेपालले भन्नुभयो, ‘हामी दुई जनाको बीचमा भेटघाट, कुराकानी भए । पार्टीभित्रको समस्याको बारेमा हामीले आफ्नो–आफ्नो सोचाइ राख्यौँ । वैशाख २६ गते अध्यक्ष केपी ओलीलाई पठाएको पत्रमा ६ बुँदे विषय मैले अघि सारेको थिएँ प्रस्ताव । त्यसमा छलफल गरियो । छलफल गरिसकेपछि फागुन २८ गते र त्यसपछि भएका निर्णय फिर्ता गर्ने र सर्वोच्च अदालतको फैसला बमोजिम जेठ २ गतेको अवस्थामा पुर्‍याउने र पार्टीलाई नयाँ ढङ्गले अघि बढाउनका लागि हामीले कुन तरिका अवलम्बन गर्ने भन्नेबारेमा छलफल गरिरहने कुरा भएको छ । राजीनामा दुई चार दिनलाई टर्‍यो । कार्यदल बन्छ । मिल्ने दिशामा अगाडि बढ्न खोजिएको छ ।’

बिहीवार बिहान बसेको नेकपा एमाले स्थायी कमिटी बैठकले राष्ट्रिय राजनीतिमा र पार्टीभित्र महत्त्व राख्ने सम्पूर्ण विषयको निर्णय गर्ने अधिकार अध्यक्ष ओलीलाई दिएको थियो । साथै अन्तरपार्टी एकता र सुदृढीकरणका लागि आवश्यक निर्णय गर्ने अधिकार पनि अध्यक्ष ओलीलाई नै दिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group