ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने


एबीसी / संवाददाता
३१ बैशाख २०७८, शुक्रबार   ८ : ४९   बजे

काठमाडौं, ३१ वैशाख । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले अबको तीस दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गनुपर्ने संवैधानिक स्थिति रहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९३० अनुसार प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्य भएको दल नेकपा (एमाले) संसदीय दलको नेताका रुपमा बिहीबार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने गरी प्रधानमन्त्रीमा दावी पेश गर्न आह्वान गर्दा कसैको पेश नभएपछि संविधानको धारा ७६ को उपधारा (३) अनुसार ओलीलाई प्रधानमन्त्रीमा पुनः नियुक्त गर्नु भएको हो ।

प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ को उपधारा (४) बमोजिम तीस दिनभित्र विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ । उक्त उपधारा (४) मा “उपधारा (२) वा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले त्यसरी नियुक्त भएको मितिले तीस दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ,” भन्ने व्यवस्था छ ।

यसअघि नेकपा (माओवादी केन्द्र)को समर्थनमा संविधानको धारा ७६ को उपधारा (२) बमोजिम २०७५ फागुन ३ गते उहाँ प्रधानमन्त्री हुनुभएको थियो । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएको र सरकारमा सहभागी पार्टी नेकपा (माओवादी केन्द्र)ले विपक्षमा रहने जनाएपछि गत वैशाख २७ गते प्रतिनिधिसभामा संविधानको धारा १०० को उपधारा (२) बमोजिम विश्वासको मतका लागि प्रस्ताव राख्दा बहुमत प्राप्त भएको थिएन ।
संविधानको धारा १०० को उपधारा (२) “प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव पेश गर्नुपर्ने हुन्छ ।”

उक्त विश्वासको मतको प्रस्तावमा एमालेका माधवकुमार नेपाल समूहका २८ सांसद विशेष अधिवेशनमा अनुपस्थित हुनुभएको थियो । विसं। २०७५ फागुन ३ गते दोस्रो कार्यकालका लागि िनियुक्त हुनु भएका प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त नगरेपछि राष्ट्रपति भण्डारीले पुनः सविधानको धारा ७६ (३) अनुसार प्रतिनिधिसभामा सवभन्दा बढी सदस्य रहेको संसदीय दलको नेताको हैसियतमा ओलीलाई तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको हो ।

प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्न नसकेको अवस्था संविधानको धारा ७६ को उपधारा (५) अनुसार सरकार गठनको प्रक्रिया अघि बढ्नेछ । नेपाल बार एसोसिएशनका कोषाध्यक्ष रुद्र पोखरेलले प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्न नसकेको खण्डमा पुनः राष्ट्रपति भण्डारीले विश्वासको मत प्राप्त गर्न सक्ने आधार गर्न सक्ने प्रतिनिधिसभाका सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गर्न सक्ने बताउनुभयो । संविधानको धारा ७६ को उपधारा ९५० मा “उपधारा ९३० बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिम कुनै सदस्यले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नेछ, ” भन्ने व्यवस्था छ ।

अधिवक्ता पोखरेलका अनुसार प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्न नसकेमा संविधानको धारा ७६ (२) मा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्य प्रधानमन्त्रीमा नियुक्त हुने आधार सकिएकोले संविधान ७६ (५) मा दल नभई व्यक्तिले बहुमत पु¥याउनु सक्ने व्यक्ति प्रधानमन्त्रीमा नियुक्त हुनेछ । “प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्न सक्नुभएन भने पुनः संविधानको धारा ७६ (५) अनुसार सरकार गठन हुन्छ, ”उहाँले भन्नुभयो, “राष्ट्रपति भण्डारीलाई यसरी बन्ने सरकारको बहुमत पु¥याएर आधार प्रस्तुत गर्न सकेको खण्डमा त्यस्तो व्यक्तिलाई उहाँले प्रधानमन्त्रीमा नियुक्त गर्न सक्नुहुनेछ ।”यसरी आधारमा पु¥याउने प्रतिनिधिसभा सदस्यले १३८ सांसदको हस्ताक्षरसहित दावी प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीलाई बुझाउनुपर्ने हुन्छ ।

संविधानको धारा ७६ (५) अनुसार नियुक्त भएको प्रधानमन्त्रीले पनि तीस दिनभित्र प्रतिनिधिसभामा विश्वासमा मत प्राप्त गर्नुपर्ने हुन्छ । उहाँका अनुसार यही राष्ट्रपतिलाई संविधानको धारा ७६ (५) अनुसार सरकार बन्ने अवस्था नलागेमा ७६ (३) अनुसार नै नियुक्त हुनुभएका प्रधानमन्त्री ओलीले राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा विघटनका लागि सिफारिश गर्न सक्ने बताउनुभयो ।  प्रधानमन्त्री ओली पहिलो कार्यकालका लागि २०७२ असोज २५ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group