ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको अवस्था चिन्ताजनक, सहयोग गर्न धनी देशहरुलाई डब्ल्यूएचओको आग्रह


एबीसी / संवाददाता
१ जेष्ठ २०७८, शनिबार   ८ : ४७   बजे

काठमाडौँ, १ जेठ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले नेपालमा कोरोना भाइरस सङ्क्रमणको अवस्था चिन्ताजनक अवस्थामा पुगेको जनाएको छ ।डब्ल्यूएचओका निर्देशक टेड्रोस अडनोम गेब्रियसले नेपालमा कोरोना महामारीको अवस्था चिन्ताजनक अवस्थामा पुगेको बताउनुभएको हो । निर्देशक गेब्रियसले भारतसँगै नेपाल, श्रीलङ्का, भियतनाम, थाइल्याण्ड लगायतका देशको अवस्था चिन्ताजनक भएको भन्दै अन्तर्राष्ट्रिय सहयोग चाहिएको बताउनुभयो ।नेपालमा अस्पताल भर्ना हुनुपर्ने बिरामी बढिरहेको र उनीहरुको लागि बेड र अक्सिजन नै उपलब्ध हुन नसक्ने अवस्था आएको भन्दै यसले अब थप जटिलताहरु आउने निर्देशक गेब्रियसले बताउनुभयो । विश्वडब्ल्यूएचओले बालबालिका तथा किशोर किशोरीहरुलाई कोरोना विरुद्धको खोप दिने निर्णय पुनर्विचार गर्न आग्रह समेत गरेको छ ।

निर्देशक गेब्रियसले बालबालिका तथा किशोररकिशोरीका लागि खोप दिनुको सट्टा गरिब देशका वयस्क मानिसको लागि सहयोग गर्न धनी देशहरुलाई आग्रह गर्नुभएको हो । उहाँले कोरोना विरुद्धको खोपको वितरण असमान् रहेको भन्दै पहुँच कम भएका मानिसलाई खोप पुर्याउन कोभ्याक्सका लागि आपूर्ति बढाउन आग्रह पनि गर्नुभयो ।

अमेरिकाले गएको हप्ता १२ देखी १५ वर्षका किशोर किशोरीलाई खोप दिने घोषणा गरेको थियो । अरु देशले पनि तयारी गरिरहेका छन् । यसबाट कम आय भएका देशका वयस्क मानिसले खोप पाउने समय पर धकेलिने भन्दै डब्ल्यूएचओले अहिले वयस्क मानिस नै खोपको आवश्यकतामा रहेको बताएको छ ।सबै स्वास्थ्यकर्मीहरुले समेत खोप नपाइरहेकोले अहिले स्वास्थ्यकर्मी लगायत कोरोना विरुद्ध अग्र पङ्क्ति मा रहेकाहरुलाई प्राथमिकता दिन पनि निर्देशक गेब्रियसको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

सम्बन्धित

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन: प्रदर्शनमा प्रहरी दमन

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

युक्रेनी राष्ट्रपतिले किन हटाए सेना प्रमुख ?

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu