ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी भ्याक्सिन एस्ट्राजेनेका नेपाल लैजान प्रयास भैरहेको छ : राजदुत खतिवडा


एबीसी / संवाददाता
२ जेष्ठ २०७८, आइतबार   १० : ३२   बजे

काठमाडौं, २ जेठ । अमेरिकाका लागि नेपाली राजदुत डा. यूवराज खतिवडाले ३० देखि ५० लाख थान एस्ट्राजेनेका भ्याक्सिन नेपाल लैजानका लागि अमेरिकी सरकारसँग छलफल भैरहेको बताउनुभएको छ । नेपालमा कोरोना महामारीबाट निकै क्षति हुँदा पनि कुटनीतिक तहबाट खासै पहल नभएको भन्दै आलोचना भैरहेको बेला राजदुत खतिवडाले आफ्नोतर्फबाट पहल भैरहेको बताउनुभएको हो । त्यसका लागि अमेरिकाको राजनीतिक तहसँग लबिङ गरिदिन नेपाली समुदायका अगुवासँग आग्रह गर्दै कोरोनाले पारेको असरको सन्दर्भमा डा.खतिवडाले अमेरिकी सरकारसम्म कुरा पर्‍याउन सबैले आफ्नो आफ्नो तहबाट सहयोग गर्नुपर्ने बताउनुभयो । दुतावासबाट टेक्सासको डालासमा आयोजित शिविर सन्चालन गर्न टेक्सास पुगेका राजदुतले गैरआवासिय नेपालीको पक्षमा निकै काम भईरहेको समेत बताउनुभयो । एनआरएन विधेयक ऐन बन्ने क्रममा रहेको र त्यो आएपछि एनआरएन कार्ड, दोहोरो नागरिकता, आर्थिक सामाजीक, सांस्कृतिक अधिकार सहितको नेपालको नागरिक हुने प्रावधान रहेको जानकारी दिदै एनआरएनबाट लामो समयदेखि उठाउँदै आएका विषयहरु विधेयकले समेटेको डा. खतिवडाले बताउनुभयो । नेपालीहरुको घनत्व बढी भएको अमेरिकाका बिभिन्न शहरहरुमा कन्सुलेट राख्ने विषयमा सकारात्मक भएपनि अहिले कार्यान्वयन गर्ने नसक्ने भएकोले अस्थायी घुम्ती शिविरको मार्फतबाट भएपनि सेवा दिन नेपाल सरकार तयार रहेको जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

सम्बन्धित

टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन: प्रदर्शनमा प्रहरी दमन

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

युक्रेनी राष्ट्रपतिले किन हटाए सेना प्रमुख ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu