ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या चीनमा भन्दा नेपालमा धेरै


एबीसी / संवाददाता
२ जेष्ठ २०७८, आइतबार   ९ : ४८   बजे

काठमाडौं, २ जेठ  ।  कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्यामा नेपालले चीनलाई उछिनेको छ । थप एक सय ४५ सङ्क्रमितको ज्यान गएसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच हजार एक पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो सङ्ख्या चीनमा ज्यान गुमाएकाको भन्दा धेरै हो । कोरोनाको तथ्याङ्कसम्बन्धी विवरण अद्यावधिक गर्दै आएको वर्ल्डोमटिरका अनुसार चीनमा कोरोना भाइरसको सङ्क्रमणबाट अहिलेसम्म चार हजार आठ सय ४६ जनाको ज्यान गएको हो ।प्रति एक लाखमा मृत्यु दर हेर्दा पनि चीनमा शून्य दशमलव तीन को ज्यान गएको छ भने नेपालमा प्रति एक लाखमा १४ दशमलव नौ को ज्यान गएको छ, यो अहिले एसियामै सर्वाधिकमा पर्छ ।

कोरोना सङ्क्रमणको दोस्रो लहर भित्रिएसँगै नेपालमा सङ्क्रमित थपिने र सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीव्र भइरहेको छ । विशेषगरी घना बस्ती भएका सहर, बजार कोरोना सङ्क्रमणको हटस्पट बनेका छन् । जहाँ सङ्क्रमण पुष्टि हुने र ज्यान गुमाउने दुवैको सङ्ख्या धेरै छ ।

सन् २०१९ को डिसेम्बरमा चीनको वुहानमा देखिएको कोरोना भाइरसको सङ्क्रमण २०२० को जनवरीदेखि विभिन्न देशमा फैलिन थालेको थियो ।नेपालमा अहिले कोरोना सङ्क्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिँदा चीनमा भने नियन्त्रणतर्फ गइरहेको छ ।चीनमा सङ्क्रमणको अनुगमनदेखि कन्ट्याक्ट ट्रेसिङ, परीक्षणलगायतका कामलाई तीव्रता दिइँदा नेपाल भने त्यसमा चुकेको विज्ञहरु बताउँछन् । चीनमा सङ्क्रमण रोक्न कडा प्रतिबन्धदेखि रातारात कोभिडकै लागि अस्पताल बनाइएको थियो । नेपालमा भने आर्थिक अवस्थालाई भन्दा व्यवस्थापकीय कमजोरीका कारण सङ्क्रमण नियन्त्रणमा कठिनाइ भएको विज्ञले बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group