ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वप्रहरी महानिरीक्षक बरालको निधन


एबीसी / संवाददाता
५ जेष्ठ २०७८, बुधबार   ११ : ४२   बजे

काठमाडौं, ५ जेठ । पूर्वप्रहरी महानिरीक्षक खड्गजित बरालको ९३ वर्षको उमेरमा निधन भएको छ । उनको मंगलबार बेलुका घरमै निधन भएको र बुधबार दिउँसो आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारीक स्रोतले जनाएको छ । बराल २०२९ सालदेखि २०३५ सालसम्म प्रहरी महानिरीक्षक बनेका थिए ।उनी पूर्वसांसद एवम् बर्माका लागि पूर्वराजदूत समेत थिए ।

विभिन्न देशका लागि नेपाली राजदूत

बरालले प्रहरी सेवाबाट अवकाश प्राप्त गरेपछि वि.सं २०३६ मा नेपालको तत्कालीन सरकारले उनलाई बर्मा, इन्डोनेसिया, लाओस, कोम्बोडिया, भियतनामका लागि नेपाली राजदूतमा नियुक्त भएका थियो। वि.सं. २०३७ मा तत्कालीन नेपाली राजदूत खड्गजीत बरालले बर्मामा तत्कालीन राजा वीरेन्द्रको राष्ट्र प्रमुखको हैसियतले प्रथम औपचारिक भ्रमणको व्यवस्था गरेका थिए। तत्कालीन राजदूत बरालको पहलमा बर्मामा महाविजया जेदी पगोडाको निर्माण कार्यमा बर्मेली र नेपाली शिल्पकार दुबैलाई संलग्न गराई नेपाल र बर्मा बिचको सम्बन्ध प्रगाढ बनाइएको थियो। नेपालद्वारा बर्मालाई उपहारको रूपमा दिइएको गौतम बुद्धको मूर्ति स्ह्वेडागन् पगोडा मै राखिएको थियो। राजदूत बरालको कार्यकालमा निर्मित महाविजया जेदी पगोडाले स्ह्वेडागन् पगोडा पछि बर्माको सबैभन्दा चर्चित पगोडाको स्थान ओगटेको छ, जसबाट बर्माका नेपाली र बर्मिज नागरिकहरू बीच प्रगाढ सम्बन्ध स्थापना हुनमा सहयोग पुगेको छ। बर्मामा वर्षौँदेखि अधिकारविहीन शरणार्थीसरह बसिरहेका ४०,००० नेपालीहरूलाई बर्मेली नागरिकता प्रदान गर्न तत्कालीन नेपाली राजदूत बरालले तत्कालीन बर्मिज सरकारलाई आह्वान गरेका थिए र फलस्वरूप नागरिकता दिलाउन सफल भएका थिए। तत्कालीन राजदूत बराल बर्माका तत्कालीन प्रमुख पुरोहित महाशीको लुम्बिनी भ्रमण गराउन सफल भए जसबाट बर्मा र नेपाल बिच धेरै संस्कृति र रीतिरिवाज आदानप्रदान भएको थियो।

वि.सं. २०४२ मा खड्गजीत बरालले राजदूतबाट अवकाश प्राप्त गरेपछि नेपालको तत्कालीन सरकारबाट स्वर्गीय डा. दिव्य देव भट्टलाई बर्मा र फ्रेन्च इन्डो-चाइना (लाओस, कोम्बोडिया र भियतनाम)का लागि नेपाली राजदूतमा नियुक्त गरियो भने रामचन्द्र बहादुर सिंहलाई इन्डोनेसियाका लागि नेपाली राजदूतमा नियुक्त गरिएको थियो। बर्माका लागि नेपाली राजदूतबाट निवृत्त भएपछि बराल राष्ट्रिय पञ्चायतका सदस्यमा मनोनित भएका थिए। [५३] नेपालको तत्कालीन सिंहदरवारस्थित संसदभवन (ग्यालरी बैठक) को बैठकमा तत्कालीन सांसद बरालले दक्षिण अफ्रिकाका स्वतन्त्र सेनानी नेल्सन मन्डेलाको रिहाईको माग गरेका थिए जसबाट अरू माननीयज्यूहरू अवाक् मा परे र पछि दरबारका सचिवहरूबाट नकारात्मक टिकाटिप्पणी आएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group