ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘बादल कम्युनिस्ट आन्दोलनका वरिष्ठ नेता हुन्, माधव पक्षले भोट नदिने कल्पना पनि गरिएको छैन’ –  प्रधानमन्त्री (पत्रसहित)


एबीसी / संवाददाता
५ जेष्ठ २०७८, बुधबार   १ : ३८   बजे

काठमाडौं, ५ जेठ ।  प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभाको उपचुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई आफ्नै पार्टीका व्यक्तिले भोट नदिने कुरा कल्पनासमेत नगरिएको बताउनुभएको छ ।बुधवार (आज) पार्टीका नेता तथा कार्यकर्ताको नाममा अपिल पत्र निकालेर प्रधानमन्त्री ओलीले पार्टीले आधिकारिक उम्मेदवारको रूपमा रामबहादुर थापा बादललाई अघि सारेकाले पार्टीका आधिकारिक उम्मेदरवारविरुद्ध उम्मेदवारी दिनु, निर्वाचन चिह्नलाई अवमूल्यन गर्नु र पार्टी निर्णयको विपक्षमा मत खसाउने विषय कल्पनाबाहिरको विषय भएको बताउनुभएको छ ।

एमालेकै माधव नेपाल पक्षले रामबहादुर थापालाई भोट दिन नसकिने र आफूहरूको समर्थनमा खिमलाल देवकोटा उम्मेदवार बनेको भन्दै देवकोटालाई नै भोट दिने जनाएको छ । तर अध्यक्ष ओलीले पार्टीभित्र देखापरेका समस्या समाधानका लागि कार्यदल बनाएर काम भइरहेको भन्दै पार्टीका आधिकारिक व्यक्तिलाई समर्थन गर्नु सबैको कर्तव्य भएको बताउनुभएको छ ।पार्टीले उम्मेदवार बनाएका रामबहादुर थापा नेपाली कम्युनिस्ट आन्दोलनको वरिष्ठ नेता भएको र उहाँको विजयले कम्युनिस्ट आन्दोलनको भावनात्मक एकतालाई थप बल पुर्‍याउने ओलीको दाबी छ । एमाले र माओवादीबीचको एकता केही अवसरवादीका कारण असफल भएको अवस्थामा नेकपाको विरासत एमालेले बोक्ने भएकाले पनि रामबहादुर थापालाई जिताउनुपर्ने ओलीले बताउनुभएको छ । वाग्मती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्यका लागि बिहीवार चुनाव हुँदैछ । चुनावमा प्रदेश सभा सदस्य र पालिका अध्यक्ष तथा उपाध्यक्षले मत दिन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

सम्बन्धित

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

विपद् पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलहरूद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रश्ताव दर्ता

टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu