ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वैकल्पिक सरकार बनेमा स्वागत गर्छु हैन भने राष्ट्रिय सरकार बनाऔं– प्रधानमन्त्री ओली


एबीसी / संवाददाता
७ जेष्ठ २०७८, शुक्रबार   १ : ४९   बजे

काठमाडौं, ७ जेठ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक सरकार बनेमा आफूले स्वागत गर्ने र रचनात्मक समर्थन रहने बताउनुभएको छ । शुक्रबार बालुवाटारमा पत्रकार सम्मेलन आयोजना गर्दै उहाँले अन्य दलहरुले वैकल्पिक सरकार बनाएमा आफूले स्वागत गर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो , ‘म फेरि पनि आग्रह गर्छु तपाईंहरु वैकल्पिक सरकार बनाउनुस्। बिना कुनै षड्यन्त्र म दलका नेताहरुलाई आग्रह गर्छु बनाउनुस् वैकल्पिक सरकार। म त्यसलाई स्वागत गर्नेछु। त्यसमा मेरो रचनात्मक सहयोग हुनेछ। सहयोगी भावनाका साथ कोरोना महामारी तथा अन्य कुरामा मेरो दल प्रस्तुत हुनेछ।’

उहाँले यदि दलहरूले वैकल्पिक सरकार बनाउन नसके आफूलाई समर्थन गर्न पनि आग्रह गर्नुभएको छ । यस्तै उहाँले सहमतिको राष्ट्रिय सरकार बनाउन आग्रहसमेत गर्नुभएको छ । उहाँले कोभिड–१९ विरुद्ध लड्न सबै दल मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउन सक्ने भए पनि आफू तयार रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आफूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेको स्पष्ट पार्नुभएको छ । प्रधानमन्त्री ओलीले आज बिहान सभापति देउवालाई फोन गरेर नयाँ सरकार बनाउन वा राष्ट्रिय सरकार बनाउन प्रस्ताव गर्नुभएको हो । ‘आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवाजीलाई फोन गरेर मैले तपाईंहरू सरकार बनाउनुस् भनेको थिएँ। नभए मेरै नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं भनेको थिएँ,’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

सम्बन्धित

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

विपद् पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलहरूद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रश्ताव दर्ता

टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu