ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अहिले केही मानिस देशभर छरिएको उज्यालो निभाउने प्रयासमा लागिरहे : प्रधानमन्त्री ओली


एबीसी / संवाददाता
८ जेष्ठ २०७८, शनिबार   ९ : २२   बजे

काठमाडौं, ८ जेठ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रका मूल्य, मान्यता, अनुशासन र आचरणविपरीतका अभ्यासले आन्दोलनलाई कमजोर बनाउने काम गरेको बताउनुभएको छ । उहाँले अहिले केही मानिस देशभर छरिएको उज्यालो निभाउने प्रयासमा लागिरहेको जनाउउँदै विश्वासघातीहरु जहिले र जहाँ पनि हुने गरेको बताउनुभयो ।

‘अदालतले पार्टी फुटाएको हैन, पार्टी दर्ता गर्न जानुपर्ने बेला नगएर पार्टी दर्ता नभएको हो’, ओलीले भन्नुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा ऐतिहासिक बर्रे संघर्षका क्रममा लामो समय कारागर बसेका अर्घाखाँचीका क्रान्तिकारी बुद्धिबहादुर रायमाझीद्वारा लिखित ‘पञ्चायती जेलमा तेह्र वर्ष’ कृति लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले अग्रजहरुले गरेका दुःखकष्ट बिर्सन नहुने विचार व्यक्त गर्नुभयो । उहाँले रायमाझी मिलनसार, देश र जनताप्रति समर्पित तथा आफू जलेर अरुलाई उज्यालो दिने व्यक्तित्व भएको बताउनुभयो ।

कारागार संगतका क्रममा आफूले रायमाझीलाई अध्ययनशील पाएको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘बुद्धिबहादुर, नारद भारद्वाज, वेदुराम भुसाल र प्रभाकृष्ण पौडेलजस्ता केही साथी जेलमा पढ््नुभयो र निस्कने बेला ज्ञानको खजाना लिएर निस्कनुभयो ।’

कारावासका अनेकाँैं अनुभव सुनाउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘जेलमा संख्यामा झापालीहरु बढी र बर्रे संघर्षका साथीहरु कम थिए, झापालीहरु पढ्नु र अझ परीक्षा दिनुलाई बुर्जुवा शिक्षामा मोह राखेको भनेर पढ्न मन गर्दैनथे तर बर्रे संघर्षका साथीहरु पढ्नमा विश्वास गर्थे । नारद वाग्ले र वेदुरामले पिएचडी नै गर्नुभयो । अहिले पनि राम्रो अंग्रेजीका लागि प्रभाकृष्णलाई सम्झिइन्छ ।’

रायमाझीको प्रस्तुत संस्मरणमा उहाँले कारागार जीवनमा आर्जन गरेको ज्ञान प्रतिविम्बन भएको जनाउँदै प्रधानमन्त्री ओलीले ती निबन्धमा पर्याप्त मात्रामा विम्ब, प्रतीक तथा अभिव्यञ्जना रहेको बताउनुभयो । दृष्टान्तका लागि ओलीले बुद्धिबहादुरले नाम दिएको ‘काठमाडौंँको लोकप्रिय मासु’ को उल्लेख गर्दै उहाँले भन्नुभयो, यसमा एक जनावरविशेषको चित्र उपस्थित भइहाल्छ, साहित्यलाई प्रभावशाली बनाउन यस्ता विम्ब र प्रतीकको महत्वपूर्ण भूमिका हुन्छ ।’
‘कोही कोही नेता किन छोटो अवधिमै छुट्छ, कोही कार्यकर्ता किन वर्षौसम्म जेलमा बस्नुपर्छ ? किनभने निस्कने ढोका सानो हुन्छ र नेता निहुरिएर त्यस ढोकाबाट बाहिरिन्छ, कार्यकर्ता निहुरिन नमानेर जेलमै बस्छ ’, विश्वासघाती नेताहरुको चरित्र बताउँदै उहाँले भन्नुभयो, ‘कार्यकर्ताले त नेताबाट स्नेहको अपेक्षा गर्छन् ।’

ओलीले त्यागी र संघर्षशील नेताकार्यकर्ताका भुक्तभोगी परिवारलाई सम्बोधन गर्दै भन्नुभयो, ‘तपाईंहरुले चित्त बुझाउनुस्, त्यो त्याग हो, लगानी होइन । त्यागले लगानीको जस्तो प्रतिफल खोज्दैन । त्यो देश र समाजले हासिल गरेको उपलब्धिमा प्रतिविम्बित हुन्छ । तपाईंहरुले यसरी चित्त बुझाउनुपर्छ ।’

जनसामान्यबाट उठेको राष्ट्रपति जस्तो पदका लागि औपचारिक र मर्यादापूर्ण सम्बोधन पनि गर्न नसक्ने केही नेतातर्फ इंगित गर्दै उहाँले तिनलाई अझै सामन्तशाही नै प्यारो लागिरहेको बताउनुभयो । उहाँले शिष्टता र मर्यादापूर्ण भाषाको प्रयोग गर्न सुझाव दिनुभयो । हिमाली सभ्यता र नेपाली भाषाको आफ्नै विशिष्ट मौलिकता रहेको तर्फ पनि उहाँले ध्यानाकर्षण गराउनुभयो ।

पुस्तकको समीक्षा गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राजनीतिक स्वतन्त्रता प्राप्तिका लागि अग्रज पुस्ताले गरेका असाध्य कष्टपूर्ण संघर्ष आजको पुस्ताले भुल्न नमिल्ने बताउनुभयो । विसं २०४३ मा आफू पार्टीको अर्धाखाँची इञ्चार्जको हैसियतमा गएपछिका अन्तरङ्ग र पारिवारिक जस्तो सम्बन्धबारे ज्ञवालीले चर्चा गर्नुभयो ।

समारोहमा बुिद्धबहादुर रायमाझी स्मृति प्रतिष्ठानका सचिव तथा लेखककी धर्मपत्नी बिजुला रायमाझीले आफू पतिको पदचिह्न पछ्याउँदै देश र जनताका लागि दृढताका साथ अघि बढिरहने प्रण गर्नुभयो ।
पुस्तकका लेखक रायमाझीको गत साल फोक्सोको अर्बुद रोगबाट निधन भएको थियो । समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेललगायत सांसद र साहित्य तथा संस्कृति क्षेत्रका विशिष्ट व्यक्तिको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

सम्बन्धित

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

विपद् पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलहरूद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रश्ताव दर्ता

टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu