ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वमा कोरोना नियन्त्रण तर्फ : पछिल्लो २४ घण्टामा ४ लाख ६४ हजार संक्रमित, करिव ६ लाख निको


एबीसी / संवाददाता
१० जेष्ठ २०७८, सोमबार   ७ : ३६   बजे

काठमाडौ, १० जेठ । विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमण नियन्त्रणमा केही हदसम्म सफलता मिल्दै गइरहेको छ । कोरोना भाइरसका कारण विश्वमै सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकालाई अहिलेसम्म आइपुग्दा ठूलै सफलता मिलिरहेको छ । विश्वमा दैनिक सात लाखभन्दा बढी सङ्क्रमित भेटिने गरेका थिए । दैनिक १२ हजारभन्दा बढी सङ्क्रमितको मृत्यु भइरहेको थियो ।

तर केही दिनयता सङ्क्रमण र मृत्यु दर घट्दो क्रममा रहेको छ । पछिल्लो २४ घण्टामा विश्वमा चार लाख ६४ हजार छ सय ४२ जनामा सङ्क्रमण यकिन भयो । सङ्क्रमित सङ्ख्या १६ करोड ७५ लाख दुई हजार छ सय २१ पुगेको छ ।

विश्वमा कोरोनामुक्त हुनेको सङ्ख्या पनि बढ्दै छ । जम्मा सङ्क्रमितको तुलनामा उपचाररतको अवस्था थोरै छ । गम्भीर अवस्थाका सङ्क्रमितको सङ्ख्या पनि कम हुँदै गइरहेको छ ।

विश्वमा सङ्क्रमण पुष्टि भएकामध्ये १४ करोड ८५ लाख ४७ हजार आठ सय ९३ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । एक करोड ५४ लाख ७७ हजार एक सय ३५ जनाको उपचार भइरहेकोमा ९६ हजार नौ सय ९२ जनाको अवस्था गम्भीर छ । पछिल्लो २४ घण्टामा ५ लाख ९९ हजार ६९९ जना निको भएका छन् ।

विश्वमा पछिल्लो २४ घण्टामा नौ हजार दुई सय ७० सङ्क्रमितको मृत्यु भयो । यसअघि दैनिक १२ हजारभन्दा बढीको मृत्यु हुने गरेकोमा त्यो सङ्ख्या क्रमस घट्दै गइरहेको छ । कोरोनाका कारण विश्वमा हालसम्म ३४ लाख ७७ हजार पाँच सय ९३ जनाको मृत्यु भइसकेको छ ।

अमेरिका विश्वमा अहिलेसम्म कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुक हो । तर पछिल्लो समय कोरोना नियन्त्रणमा उल्लेख्य सफलता प्राप्त गरिरहेको छ । दैनिक अमेरिकामा ५० हजारभन्दा बढी नयाँ बिरामी थपिने गरेका थिए । दुई हजार हाराहारीमा सङ्क्रमितको मृत्यु भइरहेको थियो ।

पछिल्लो २४ घण्टामा १२ हजार नौ सय ३२ जनामा मात्रै सङ्क्रमण पुष्टि भयो । यो सङ्ख्या यसअघि भेटिन सङ्क्रमितको भन्दा निक्कै कम हो । सङ्क्रमित सङ्ख्या तीन करोड ३८ लाख ९५ हजार छ सय ५९ पुगेको छ ।

सङ्क्रमितमध्ये दुई करोड ७५ लाख एक हजार तीन सय ७८ जना उपचारपछि निको भएका छन् । ५७ लाख ९० हजार दुई सय एक जनाको उपचार भइरहेकोमा छ हजार नौ सय ८६ अमेरिकी नागरिकको अवस्था चिन्ताजनक छ ।

अमेरिकामा एकै दिन दुई सय २० सङ्क्रमितको मृत्यु भयो । यो सङ्ख्या यसअघि मृत्यु हुने सङ्क्रमितको भन्दा निक्कै कम हो । अमेरिकामा हालसम्म कोरोनाका कारण छ लाख चार हजार ८० जनाको मृत्यु भइसकेको छ ।

छिमेकी मुलुक भारतमा एकै दिन दुई लाख २२ हजार आठ सय ३५ जनामा कोरोना यकिन भयो । यो सङ्ख्या अन्य मुलुकमा २४ घण्टाभित्र सङ्क्रमण पुष्टि भएको भन्दा अत्याधिक धेरै हो । विश्वमा दैनिक सङ्क्रमण पुष्टि हुनेमध्ये आधाभन्दा बढी भारतीय नागरिक हुने गरेका छन् ।

भारतमा सङ्क्रमित सङ्ख्या दुई करोड ६७ लाख ५१ हजार छ सय ८१ पुगेको छ । सङ्क्रमितमध्ये दुई करोड ३७ लाख २० हजार नौ सय १९ जना उपचारपछि निको भएका छन् । २७ लाख २७ हजार ११ जनाको उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ को अवस्था गम्भीर छ ।

कोरोनाका कारण विश्वमा प्रभावित हुनेमध्ये दोस्रो नम्बरमा रहेको मुलुक भारतमा एकै दिन चार हजार चार सय ५५ जनाको मृत्यु भयो । यो सङ्ख्या पनि अन्य मुलुकमा ज्यान गुमाएका सङ्क्रमितको भन्दा धेरै हो । भारतमा अहिलेसम्म कोरोनाका कारण तीन लाख तीन हजार सात सय ५१ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाबाट प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको ब्राजिलले पनि कोरोना सङ्क्रमण नियन्त्रणमा क्रमस सफलता प्राप्त गरिरहेको छ । यसअघि एकै दिन ५० हजारभन्दा नयाँ बिरामी थपिने गरेका थिए । दुई हजारभन्दा बढीको मृत्यु हुने गरेको थियो ।

तर पछिल्लो २४ घण्टामा ब्राजिलमा ३५ हजार आठ सय १९ जना नयाँ सङ्क्रमित थपिए । जम्मा सङ्क्रमित सङ्ख्या एक करोड ६० लाख ८३ हजार दुई सय ५८ पुगेको छ । सङ्क्रमितमध्ये एक करोड ४४ लाख ६२ हजार चार सय ३२ जनाको उपचार सफल भएको छ ।

उपचार सफल भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । ११ लाख ७१ हजार सात सय ५८ जनाको उपचार जारी छ । उपचाररतमध्ये आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ ।

ब्राजिलमा २४ घण्टाभित्र सात सय ७७ जनाको मृत्यु भयो । यो सङ्ख्या यसअघि ब्राजिलमा दैनिक मृत्यु हुने सङ्क्रमितको भन्दा निक्कै कम हो । अहिलेसम्म कोरोनाका कारण ब्राजिलमा चार लाख ४९ हजार ६८ जनाको मृत्यु कोरोनाका कारण भइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group