ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा कम भएन मृत्यु दर : दैनिक चार हजार हाराहारीमा सङ्क्रमितको मृत्यु


एबीसी / संवाददाता
१२ जेष्ठ २०७८, बुधबार   ७ : ५२   बजे

काठमाडौँ, १२ जेठ । कोरोना भाइरस सङ्क्रमणका कारण नराम्ररी प्रभावित बनेको छिमेकी मुलुक भारतमा मृत्यु दर कम हुन सकिरहेको छैन । दैनिक चार हजार हाराहारीमा सङ्क्रमितको मृत्यु भइरहेको छ ।

भारतमा नयाँ थपिने सङ्क्रमितको सङ्ख्या भने कम हुँदै गइरहेको छ । दैनिक चार लाख हाराहारीमा सङ्क्रमित भेटिने भारतमा अहिले त्यो सङ्ख्या घटेर झन्डै आधामा झरेको छ । कोरोनाको भयावह अवस्थासँग जुधिरहेको भारतमा नयाँ थपिने सङ्क्रमित सङ्ख्या कम हुँदै गइरहे पनि मृत्यु दर भने घट्न सकिरहेको छैन ।

पछिल्लो २४ घण्टाभित्र भारतमा चार हजार एक सय ७२ जना सङ्क्रमितको मृत्यु भयो । एकै दिन मृत्यु हुने सङ्ख्या विश्वका अन्य मुलुकको भन्दा उच्च हो । कोरोना प्रभावित मुलुकमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको भारतमा हालसम्म कोरोनाका कारण तीन लाख ११ हजार चार सय २१ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

भारतमा २४ घण्टाभित्र दुई लाख आठ हजार आठ सय ८६ जना नयाँ बिरामी थपिए । यो सङ्ख्या अन्य मुलुकमा थपिएका कोरोना सङ्क्रमितको भन्दा अत्याधिक धेरै हो । तर भारतमा भने नयाँ थपिने सङ्क्रमित सङ्ख्या ओरालो लागिरहेको छ ।

भारतमा जम्मा सङ्क्रमित सङ्ख्या दुई करोड ७१ लाख ५६ हजार तीन सय ८२ पुगेको छ । सङ्क्रमितमध्ये दुई करोड ४३ लाख ४३ हजार दुई सय ९९ जना उपचारपछि कोरोनामुक्त बनेका छन् । २५ लाख एक हजार छ सय ६२ जनाको उपचार जारी रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

भारतले कोरोना भाइरसविरुद्धको खोप आफै उत्पादन गरेर आफ्ना नागरिकलाई लगाउन थालेको छ । खोपले पनि भारतमा सङ्क्रमण र मृत्युलाई रोक्न सकिरहेको छैन । भारतले खोप अन्य मुलुकमा पनि निर्यात गरिरहेको छ ।

कोरोनाका कारण भारत निक्कै प्रभावित बनिरहँदा त्यसको प्रत्यक्ष प्रभाव छिमेकी मुलुक नेपालमा परिरहेको छ । नेपालमा दैनिक कोरोना सङ्क्रमित र मृतकको सङ्ख्या बढिरहँदा त्यसको मुख्य कारण भारतसँगको खुला सीमालाई मानिएको छ ।

सीमाबाट हुने अवैध आवतजावतका कारण कोरोना सल्किएर नेपालको अवस्था पनि खराब बन्दै गइरहेको छ । विज्ञहरुले भारतसँग प्रत्यक्ष सम्पर्क नटुटाएसम्म नेपालमा सङ्क्रमण नियन्त्रण मुस्किल पर्ने बताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu