ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वभर मृतकको संख्या ३५ लाखनजिक : पछिल्लो २४ घण्टामा ११ हजार सात सय ५८ जनाको मृत्यु


एबीसी / संवाददाता
१२ जेष्ठ २०७८, बुधबार   ७ : ५९   बजे

काठमाडौँ, १२ जेठ । विश्वमा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३५ लाखनजिक पुगेको छ ।पछिल्लो २४ घण्टामा विश्वमा ११ हजार सात सय ५८ जना सङ्क्रमितको मृत्यु भयो । हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ३४ लाख ९८ हजार आठ सय ३५ पुगेको हो ।

एकै दिन विश्वमा पाँच लाख नौ हजार ७५ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या १६ करोड ८४ लाख ९५ हजार एक सय २५ पुगेको छ ।सङ्क्रमितमध्ये १५ करोड एक लाख दुई हजार पाँच सय ४७ जना उपचारपछि निको भएका छन् । एक करोड ४८ लाख ९३ हजार सात सय ४३ जनाको उपचार भइरहेकोमा ९६ हजार तीन सय जनाको अवस्था चिन्ताजनक छ ।

कोरोनाका कारण विश्वमै सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा एकै दिन छ सय २८ जना सङ्क्रमितको मृत्यु भयो । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या छ लाख पाँच हजार एक सय ६३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २१ हजार एक सय ३४ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या तीन करोड ३९ लाख ४४ हजार दुई सय ४६ पुगेको छ ।सङ्क्रमितमध्ये दुई करोड ७६ लाख चार हजार पाँच सय ७९ जना उपचारपछि निको भएर सामान्य जीवनमा फर्किएका छन् । अमेरिकामा ५७ लाख ३४ हजार पाँच सय चार जनाको उपचार जारी रहेकोमा छ हजार आठ सय ५१ जनाको अवस्था गम्भीर छ ।

छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टाभित्र दुई लाख आठ हजार आठ सय ८६ जना नयाँ बिरामी थपिए । यो सङ्ख्या अन्य मुलुकमा थपिएका कोरोना सङ्क्रमितको भन्दा अत्याधिक धेरै हो ।भारतमा सङ्क्रमित सङ्ख्या दुई करोड ७१ लाख ५६ हजार तीन सय ८२ पुगेको छ । सङ्क्रमितमध्ये दुई करोड ४३ लाख ४३ हजार दुई सय ९९ जना उपचारपछि कोरोनामुक्त बनेका छन् ।

२५ लाख एक हजार छ सय ६२ जनाको उपचार जारी रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ । एकै दिन भारतमा चार हजार एक सय ७२ जना सङ्क्रमितको मृत्यु भयो ।२४ घण्टाभित्रमा मृत्यु हुने सङ्ख्या पनि विश्वका अन्य मुलुकको भन्दा उच्च हो । कोरोना प्रभावित मुलुकमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको भारतमा हालसम्म कोरोनाका कारण तीन लाख ११ हजार चार सय २१ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

ब्राजिलमा एकै दिन दुई हजार एक सय ९८ जना सङ्क्रमितको मृत्यु भयो । २४ घण्टाभित्र भारतपछि मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ब्राजिलमा धेरै रहेको छ । हालसम्म चार लाख ५२ हजार दुई सय २४ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टाभित्र ७४ हजार आठ सय ४५ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या एक करोड ६१ लाख ९५ हजार नौ सय ८१ पुगेको छ । ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।

एक करोड ४६ लाख ४८ हजार तीन सय ३२ जना उपचारपछि कोरोनामुक्त बनेका छन् । १० लाख ९५ हजार चार सय २५ सङ्क्रमितको उपचार भइरहेको छ । ब्राजिलमा उपचाररत सङ्क्रमितमध्ये आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu