ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३५ लाख नाघ्यो : ९४ हजार आठ सय ९२ जनाको अवस्था चिन्ताजनक


एबीसी / संवाददाता
१३ जेष्ठ २०७८, बिहिबार   ७ : २३   बजे

काठमाडौं, १३ जेठ ।  महामारीका रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणका कारण विश्वमा मृत्यु हुनेको सङ्ख्या ३५ लाखबाट उकालो लागेको छ ।पछिल्लो २४ घण्टामा ११ हजार नौ सय आठ जनाको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ३५ लाख नाघेको हो । विश्वभर हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ३५ लाख ११ हजार चार सय ९२ पुगेको छ ।

एकै दिन विश्वमा पाँच लाख ३९ हजार ५९ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या १६ करोड ९० लाख ५३ हजार एक सय ९९ पुगेको छ ।सङ्क्रमितमध्ये १५ करोड आठ लाख दुई सय ७७ जना कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् ।

एक करोड ४७ लाख ३९ हजार चार सय ३० जनाको उपचार जारी छ । उपचाररतमध्ये ९४ हजार आठ सय ९२ जनाको अवस्था चिन्ताजनक छ ।कोरोनाबाट सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा एकै दिन पाँच सय ६३ सङ्क्रमितको मृत्यु भयो । हालसम्म मृत्यु हुनेको सङ्ख्या छ लाख छ हजार एक सय ३५ पुगेको छ ।पछिल्लो २४ घण्टामा २० हजार पाँच सय ३४ नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या तीन करोड ३९ लाख ६८ हजार दुई सय ४१ पुगेको छ ।सङ्क्रमितमध्ये दुई करोड ७६ लाख ५९ हजार आठ सय २५ जना उपचारपछि निको भएका छन् । ५७ लाख दुई हजार दुई सय ८१ जनाको उपचार जारी रहेकोमा छ हजार सात सय ७४ जनाको अवस्था चिन्ताजनक छ ।

छिमेकी मुलुक भारतमा २४ घण्टाभित्र तीन हजार आठ सय ४२ सङ्क्रमितको मृत्यु भयो । यो सङ्ख्या अन्य मुलुकमा मृत्यु भएका सङ्क्रमितको भन्दा धेरै हो ।हालसम्म भारतमा कोरोनाका कारण तीन लाख १५ हजार दुई सय ६३ जनाको मृत्यु भइसकेको छ । एकै दिन भारतमा दुई लाख ११ हजार पाँच सय ५३ जना नयाँ बिरामी थपिए ।

नयाँ थपिएको सङ्ख्या अन्य मुलुकमा भेटिएका नयाँ सङ्क्रमितको भन्दा अत्याधिक धेरै हो । भारतमा सङ्क्रमित सङ्ख्या दुई करोड ७३ लाख ६७ हजार नौ सय ३५ पुगेको छ ।सङ्क्रमितमध्ये दुई करोड ४६ लाख २६ हजार १४ जनाको उपचार सफल भएको छ । उपचार सफल भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् ।२४ लाख २६ हजार छ सय ५८ जनाको उपचार जारी रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

ब्राजिलमा एकै दिन दुई हजार तीन सय ९९ जनाको मृत्यु कोरोनाका कारण भएको छ । हालसम्म चार लाख ५४ हजार छ सय २३ जनाको मृत्यु भइसकेको छ ।पछिल्लो २४ घण्टाभित्र ७९ हजार चार सय ५९ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या एक करोड ६२ लाख ७५ हजार चार सय ४० पुगेको छ ।सङ्क्रमितमध्ये एक करोड ४७ लाख ३३ हजार नौ सय ८७ जना उपचारपछि निको भएका छन् । १० लाख ८६ हजार आठ सय ३० जनाको उपचार भइरहेको छ ।उपचाररतमध्ये आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ । ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

धादिङको जरिखेतमा एकतर्फी यातायात सञ्चालन, बेलुकासम्म पृथ्वी राजमार्ग पूर्ण रूपमा खुल्ने अपेक्षा

भोटेकोशी बाढीपछि पाँच जलविद्युत् आयोजनाका २१५ कर्मचारी सम्पर्कविहीन

सम्बन्धित

ट्रम्पद्वारा नेपाललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता

रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर सहायता घोषणा

इरान–ओमानबीच होर्मुज जलमार्ग व्यवस्थापनबारे नयाँ सहमति

रसुवा बाढीपछि ४०३ पर्यटक सम्पर्कविहीन, ३४१ विदेशी

अमेरिकाले इरानमा तत्काल नयाँ सैन्य आक्रमण नगर्ने संकेत, आर्थिक दबाब बढाउने रणनीति

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu